Posted by: Rahuldai May 21, 2013
Rekha Thapa's English
Login in to Rate this Post:     3       ?         Liked by
 
 
नेपालीमा एउटा भनाइ छ -" न जाने गाउँको बाटो न सोध्नु " . अंग्रेजी बोल्न आउँदैन भने न बोल्नु  नि . अंग्रेजी बोल्नै परे जान्ने संग सिकेर बोल्नु नि . अझ नेपालीमै बोलेको भए के बिग्रिन्थ्यो . भर्खर अमेरिकाबाट बुद्धुत्व प्राप्त गरेकोले अंग्रेजी फरर्र आएको हुन सक्दछ . 
 
 भिडियो हेर्दा भर्खरै क्रान्तिकारी पार्टीमा प्रवेश गर्दा को देखिन्छ . बिदेशी हस्तक्षेप, बिदेशी दलाल लाइ सत्तो  सरापेर न थाक्ने पार्टीको नौटंकी जिम्मेवारी पाउँदैमा नेपाली  बिर्सिदिने ??? लौ एक छिन माने लिउँ, बिदेशी पत्रकार को प्रश्न को उत्तर दिनु पर्र्यो ... नेपाली मा सोध्नु भन्नु नि , अनुवादक को ब्यबस्था पत्रकार आफैले गर्ने थिए  . 
 
हुन नेपाली सिनेमा क्षेत्रमा केही मात्र बौद्धक व्यक्तित्वहरु छन् . ती अपबाद बाहेकको पृष्ठभूमि हेरे, खोजे स्पष्ट हुन्छ . डिग्री मात्र नभएका हैनन् बौद्धिक सून्य  र नैतिक पतन भएकाहरुको भीड नै छन . त्यसैले तिनीहरुलाई त्यति भाउ दिन जरुरी छैन नै . 
 
Last edited: 21-May-13 01:42 PM
Read Full Discussion Thread for this article