Posted by: metta May 10, 2013
Racist Encounter at the White House :A Bad Time to be Brown in America?
Login in to Rate this Post:     1       ?         Liked by
अरुलाई पर्दा ठीक्क पर्यो भन्ने बानी मलाई राम्रो लागेन, आफुलाई नपरे सम्म बुझ्न गार्हो हुने रहेछ |
कसैको कुरा सुन्दा हामीले अमेरिकाको ईतिहास बुझ्न धेरै नै बाँकी र यो देशका नराम्रा पाताहरु केहि पनि देखेको रहेनछौ र खाली यसको आधुनिकता र भौतिकतामा मात्रै भुलेका रहेछौ जस्तो लाग्यो | "पोस्तोन" सम्बन्धी वृत्तचित्र हेरेको थिए, धेरै नै नराम्रो लाग्यो | यो देशमा बयासी बर्ष अघि जन्मेको जापानी बुढाले अझै पनि यो देशको अमेरिकन हुन नसकेको - यहि देशमा जन्मेर र यो देश मात्रै चिने तापनि | उनलाई छिमेकीहरुले देखाएको घृणा र उनीहरुले भोगेको कुनै कुराहरु अमेरिकाको इतिहासमा नलेखिएको कुरा सुनेर अझै अचम्मित भए | अमेरिकाले घृणा गर्ने पात्र मात्रै परिबर्तन भएको रहेछ तर भावनाहरु अझै उस्तै रहेछ जस्तो लाग्यो | म डा.गिलानीले यो लेख छाप्न हुदैनथ्यो भन्नेसंग पनि असहमत छु | म आशा गर्छु की उनको यो लेखले केहि गोराहरुको आँखा खोल्ने छ र सेतो घरको ब्यबस्थापनले यसको छानबिन गर्नेछ | अब यहाँ रहेका केहि नया जोगीहरुले बढी खरानी घस्ने त भैहाल्यो तर धेरै खरानी घसे अनुसार उहाहरुले जोगी कै सद्भाव पाउन सकुन र डा. गिलानी वा उनको भन्दा नराम्रो घटना बेहोर्न नपरोस यहि नै मेरो उहाहरुलाई शुभकामना छ |
Read Full Discussion Thread for this article