Posted by: Max Rossa May 9, 2013
आक्रोशको एउटा तरंग मात्र
Login in to Rate this Post:     0       ?        
फेरी अर्को गन्थन है
मगोर्खे र गोरीका पोइका तर्क सान्दर्भिक छन्, ति सत्य कुरा हुन् नैं । विषयहरु बग्रेल्ती छन्, सोचेर मन उदास हुन्छ । नेपालका राजनीतिक दलका समस्तप्राय नेताको प्रमुख ध्येय कसरी सत्ताको चास्नी चाखिरहने, कसरी पैसो कमाइरहने, त्यति मैं सीमित रह्यो ।होइन भने खोइ त आर्थिक विकास अनि खोइ त पूर्वाधार ? विकासको कुरा गर्नुहुन्छ भने, त्यो त एउटा संयोग वा आकस्मिकता माने हुन्छ । उपलब्धी र लगानीलाई एउटा तराजुमा राखेर जोख्दा उपलब्धी शुन्य प्राय छ ।  आंकडा ठ्याक्कै विर्सें, अर्थमन्त्रालयको वेवसाइटमा खोतलेर हेरे हुन्छ, हाम्रो बजेटको ८० प्रतिशत हिस्सा त विदेसी रिन र अनुदानमा आधारित छ । ठूलाठालु नेता, ब्यापारी, कर्मचारीवर्गलाई मतलव छैन, छोराछोरी जसरी नी अम्रिका युरोप ठेल्ने अनी भ्रष्टाचारको पैसाले पेल्ने । अनि के हुन्थ्यो देश विकास ? 
नेपालको पल्टिक्स मा सजिलै सकुनी पासा पल्टाउन खप्पिस दक्षिण एसियाको सौतेलो ठुल्दाइ भारतले त नेपाललाई रेप मात्र गरेको छैन, नेपालको मलद्धारबाट हात छिराएर मुखबाट निकालिसक्यो । बोल्ने कोही होइन । कोही बोल्न थाल्यो भने आइएसआइको ट्याग लगाएर हुन्छ कि रअ लाई परिचालन गरेर ठेगान लाउँछ । देशै दिल्लीले चलाएको छ । भारत नेपालको राजनीतिमा हावी हुने एउटा यस्तो अवान्छित भूत हो, भुत माने तर्साउने भुत, जसले जुठ्यानलाई पनि प्रसाद र प्रसादलाई जुठ्यान बनाइदिन सक्छ । उदाहरणहरु अनगिन्ति छन् । 
उनीहरु नेपालमा एउटा नियन्त्रित अराजकता चाहन्छन् । यस्तो अराजकता जसमा उनीहरुले प्ले गर्न पाइरहन्छन्, अनी आफ्ना नीहित स्वार्थभोग गर्न पनि पाइरहन्छन् । आफ्नै देशलाई हानी हुनेगरी नेपाल बिग्रिन पनि दिंदैनन्, समृद्ध बनिहाल्न नि दिदैनन् । 
 
कुनैपनि क्षेत्रले आत्मविश्वास र व्यवसायीकता हासिल नगरेको अवश्थामा पत्रकारिता पनि त्यसबाट अछुतो सायद रहँदैन । भारतीय दूतावासले विक्ने पत्रकारलाई पैसा र उपहारमा लुटुपुटु बनाउँछ, पैसा नलिने र उपहार अस्विकार गर्ने प्रोफेशनल पत्रकारहरुलाई घरिघरी कहिले कुन कार्यक्रममा त कहिले कुन कार्यक्रममा भारतका विभिन्न शहरहरु घुमाइदिन्छ । वर्षको कम्तीमा ९ वटा टोली त भारत गएकै हुन्छन् । यसरी भारतले नेपालको सञ्चार माध्यमलाई प्रोइन्डियन बनाइरहेका छन् । जुन कुनैपनि स्वायत्त देशकोसम्बन्धमा छिमेकी देशबाट हुने घातक पहल हो ।
 अब त गर्लान् नि, अब त केही होला नि भन्दा भन्दै ४६ सालमा जन्म्याँ बच्चो २५ वर्ष पुग्न लागिसक्यो भएन त केही । त्यति मात्र हो र बिक्रम सम्बत २००७ साल प्रजातन्त्र आएको वर्ष । त्यो बेला जन्मेका बालकहरु अहिले नातीनातिनाका धनी भइसकेका होलान्, माथि जाने बेला हुनलागिसक्यो, के पाए त उनीहरुले ? सक्ने विदेस पलाएन भएहोलान् नसक्ने आफ्नो भाग्यलाइ धिक्कार्दै लोडसेडिंगमा टुकी बालेर बस्दै होलान्, उठ्न सके माथि ? गर्नसके गर्व नेपाली हुनुमा ? अहिले नेपाल र विश्वभरी छरिएर रहेका नेपाली मनमा नैरश्यता, पीडा बाहेक केही छैन । 
 
Read Full Discussion Thread for this article