Posted by: Max Rossa May 8, 2013
आक्रोशको एउटा तरंग मात्र
Login in to Rate this Post:     0       ?        
 माओवादीहरु त वास्तवमैं आतंककारी नै हुन् । अमेरिकाले आतंकको सूचीबाट हटाएपनि उनीहरुको विगत र शान्तिसम्झौता पछिका उद्दण्ड शैली हेर्दा लाग्दैन उनीहरु शान्तीपूर्ण राजनीतिमा विश्वास गर्छन । अझै पनि पत्याउन गाह्रो हुन्छ, कि एक्काइसौं शताब्दीमा पनि उनीहरुले हतियारबाट सत्ता कब्जा गरे । उनीहरुका कारण १४ हजार निर्दोष नेपालीले ज्यान गुमाउनुपर्यो, या उनीहरुको पछि लाग्दा होस अथवा उनीहरुलाई प्रतिवाद गर्दा होस । आधारभूत रुपमा जुन प्रवृत्तीको विरुद्धमा उनीहरुले संघर्ष गरेको भ्रम जनतामा छरेका थिए, त्यही प्रवृत्ती उनीहरुको समात्ने लौरो भएको छ, अथवा भनौं सहयात्री भएको छ । शाही शासनका मुख्य सचिव लोकमानको गणतान्त्रिक नेपालमा अख्तियार प्रमुखको रुपान्तरण वा मेटामोर्फोसिस् त एउटा सानो उदाहरण मात्र हो । नेपाली कांगे्रस, नेकपा एमाले लगाएतका तत्कालीन सात दलले राजालाई तह लगाउन माओवादीसँग गरेको गठबन्धन र शान्ति सम्झौता अहिले भारी पर्दैछ । सम्पूर्ण रुपमा देश अनियन्त्रित छ, अशान्त छ, अभिषप्त छ, विभाजित छ र देश अघोषित रुपमा भारत शासित छ । चर्का भाषण गरेर जनताको रगत उमाल्ने तागत राख्ने युवा नेताहरु पार्टीको पुच्छर समातेर सत्ताको वैतरणी तर्ने सोचमा छन् । विभाजित नेपाली मनलाई के यीनले गाँस्ने प्रयत्न गर्लान् र ? टाढा टाढा सम्म अनिश्चितता मात्र देखिन्छ, तैपनि समाधानको झिनो आससम्म छ...
Read Full Discussion Thread for this article