Posted by: Geology Tiger May 7, 2013
राजदरबार हत्या काण्ड बारे....
Login in to Rate this Post:     0       ?        
 लाग्छ यो बिषयमा अनन्तकालसम्म बहस चलिनैरहनेछ यद्दपी यथार्थ के हो त्यो अब कहिल्यै पनि जगको सामु आउने छैन । हुनसक्छ जुन रिपोर्ट यो हत्याकाण्डको छानबिन गर्ने बनेको आयोगले दियो त्यो रिपोर्टले औल्याएको कुरा नै सत्य हो । तर जुन किसिमले छानबिन टुङ्याइयो र जुन किसिमको रिपोर्ट बाहिर ल्याइयो त्यसले प्रशस्त प्रश्न गर्ने ठाउँहरु बाँकी राख्यो । रिपोर्ट्ले जे भनोस् धेरै नेपालीहरुको नजरमा अझै पनि पूर्व राजा ज्ञानेन्द्र र पूर्व युवराज पारस नै यो हत्याकान्डका दोषी हुन् । हत्या भए लगत्तै हत्यासँग सम्बन्धित थुप्रै प्रमाणहरु नष्ट गरिनु र हत्याको अनुसन्धान वैज्ञानीक र पार्दर्शी ढंगले गर्न नसक्नाले यो हत्या काण्डलाई थप रहस्यमय बनाएको छ । अब यो हत्याकाण्ड सदाको लागि एउटा रहस्य नै भएर रहनेछ । तर मेरो मनमा सधैं खट्किने एउटा प्रश्न के हो भने जोसँगको प्रेम प्रसँगलाई लिएर दीपेन्द्रले यत्रो हत्याकान्ड रचे भनिन्छ तिनै देवयानीलाई यो हत्याकान्डको अनुसन्धानको सिल्सिलामा केही प्रश्न सोधिएन । यदी दीपेन्द्रले देवयानीकै प्रेम प्रसँगलाई लिएर यो सब हत्याकान्ड गरेको हो भने देवयानी बाहेक अरु कसैलाई दीपेन्द्रको भित्री मनसायको बारेमा थाहा हुने थिएन र एउटा सिङो राजपरिवारको बंश नाश हुने गरी भएको हत्याकाण्डमा उनलाई प्रश्नहरु सोध्न नमिल्ने कुनै कारण थिएन । 
Read Full Discussion Thread for this article