Posted by: CharlieSheen April 29, 2013
Is Nepal better off as an indian territory?
Login in to Rate this Post:     3       ?         Liked by
 नेपाललाइ भारतको राज्य बनाउनु आगोमा घिउ हाल्नु सरह हुनेछ | नेपाली जनताको इछ्या बिरुद्ध भारतले  नेपालीको तिब्बतीकरण, वा सिक्किमीकरण गर्नु मुर्खता हो, र त्यो कुरो भारतीय सरकारले राम्ररि जानेको छ |    दोस्रो कुरा, मैले देखेको बुझेको भरमा भन्दा, नेपाली जनताले कैले पानि जनमतसंग्रहबाट नेपाललाइ भारत गणराज्यमा छिराउदैनन् | भारतको संगरछणमा नेपालको भौतिक विकास होला नहोला त्यो आफ्नै ठाउँमा छ, तर नेपालमा गृह-युद्ध भने जरूर हुन्छ | र आर्को कुरो, नेपालको भौतिक एबम मानब विकासका लागि भारतको राज्य हुनु जरूरी छैन | नेताहरुलाइ जति गालि गरेनि लोकतन्त्र त आयो, अब बिस्तारै विकास नि हुन्छ | 1947 मा स्वतन्त्र भएको भारत आइले आएर तात्न थाल्या छ भने नेपाललाइ अलिक टायम लागि हाल्छ नि | रोम एक रातमा बन्या सहर हो र ?   यो भो मेरो बिस्लेसन |
 
अब आफ्नो व्यक्तिगत हेराइको कुरो राख्नु पर्दा मानिसको कुनै देश हुदैन जास्तो लाग्छ | जहाँ सुखी खुशी हुन सकिन्छ तेही बस्ने हो | जुपिटर मा कुनै दिन राम्रो होला जास्तो भो भने जुपिटर कै ग्रीन कार्ड खोज्छु मा त |
Read Full Discussion Thread for this article