Posted by: Geology Tiger April 22, 2013
tired of hearing about Buddha being born in nepal
Login in to Rate this Post:     1       ?         Liked by
यदि पृथ्वी गोलो नभएर चेप्टो भएको भए के फरक पर्थ्यो ? यदि मान्छेको आँखा एउटा मात्र त्यो पनि निधारको बिचमा भएको भए के फरक पर्थ्यो ? यदि अहिले सगरमाथा भएको ठाउँमा एउटा ठुलो भ्वाङ भएको भए के फरक पर्थ्यो ? यदि नेपाल नेपाल नभएर भारतकै एउटा प्रान्त भएको भए के फरक पर्थ्यो ? यदि बुद्ध नेपालमा नजन्मिएर भारतमा जन्मिएको भए के फरक पर्थ्यो ?

बुद्ध नेपालमा जन्मिए पनि भारतमा जन्मिए पनि अमेरिकाको कुनै ग्यास स्टेसनमा घण्टा हानिरहेको एउटा नेपाली अथवा एउटा सफ्टवेयर कम्पनीमा काम गरेर यसो काम चोरेर साझामा च्याट गर्न आउने एउटा नेपालीलाई के फरक पर्छ ?
केही पनि फरक पर्दैन ..
न त ग्यास स्टेसनको साहुले "ल तिम्रो देशमा बुद्ध जन्मिएको रहेछ" भनेर घण्टाको रेट १० डलरबाट १२ डलर बनाइदिन्छ न त सफ्टवेयर कम्पनीको मालिकले "ल बुद्ध तिम्रो देशमा जन्मेको रहेछ, आज देखि काम गर्न पर्दैन खाली साझामा च्याट गरेर बस अनि महिना महिनामा तलब बुझ" भन्नेछ । तर लुम्बिनी क्षेत्रमा रहेका नेपाली र नेपाली पर्यटन क्षेत्रलाई यसले अवश्य पनि असर पार्छ ।

निश्चय पनि बुद्धको जन्म भूगोलको कुनै एउटा टुक्रामा नभएर एउटा व्यक्तिको मन र मस्तिष्कमा भएको थियो । अनि अर्को कुरा ती व्यक्तिको मनमा जस्तै बुद्ध हामी सबैको मनमा जन्मन्छन् तर हामी आफ्नो मनमा जन्मेको बुद्ध बचाउन सक्दैनौ, उसको पुकार सुन्न खोज्दैनौ अनि २५०० बर्ष अघि जन्मेका बुद्ध चाँही हाम्रै देशमा जन्मेका हुन् भनिरहेका हुन्छौ ।

तर यहाँ विवाद भावनाको होइन ईतिहासको हो । विवाद २५०० बर्ष अघि नेपाल भन्ने देश थियो कि थिएन भन्ने पनि होइन तर जुन भूमीमा सिद्दार्थ गौतम जन्मे र हुर्के त्यो भारतमा नभएर अहिलेको नेपालमा हो भन्ने मात्र हो । यदि यो कुराले कुनै महत्व राख्दैन थियो भने देश विदेशका पुरातत्वविदहरु दिन रात लगाएर उत्खनन् कार्यमा तल्ल्लिन हुँदैन थिए होलान् ।

धेरै नेपाली बुद्ध जन्मेको ठाउँ हाम्रो लुम्बिनी हो भनेर हल्ला गरिरहेका छन् र थोरै चाँही जहाँ जन्मे पनि बाल मतलब भनिरहेका छन् । असली विवाद के हो भन्ने थोरैलाई मात्र थाहा होला । केही भारतीय पुरातत्वविद र राज्य सरकारहरुले बुद्ध जनमेको ठाउँ भारतमा पर्छ भनेर हल्ला गरे पनि भारतको केन्द्र सरकारले बुद्दको जन्मस्थलको रुपमा लुम्बिनीलाई नै मान्यता दिएको छ र युनेस्कोले पनि यसलाई नै बुद्धको जन्मस्थल मानेको छ र यो मान्यता कुनै किम्बदन्तीमा आधारित नभएर वैज्ञानीक प्रमाणहरुकै आधारमा दिइएको हो । सबभन्दा ठुलो विवादको बिषय हो बुद्ध हुर्केको ठाउँ अर्थात राजा शुद्दोधनको राज्य जुन हामी कपिलवस्तुको तिलौराकोटमा रहेको भन्छौ र भारतीयहरु उनीहरुकै देशको विभिन्न ठाउँमा रहेको मान्छन् ।

यो कुरामा कुनै शंका छैन न कि फेसबुकमा अनेक ग्रुपहरु बनाउदैमा र नेपाली नागरिकता प्रमाणपत्रको नक्कलमा बुद्धको फोटो राखेर शेयर गर्दैमा बुद्ध नेपालमा जन्मिएका अथवा हुर्किएका भन्ने कुरा प्रमाणित हुनेवाला छैन । यसको लागि थप वैज्ञानीक अन्वेषण कार्यको आवश्यकता छ र कसै कसैलाई बुद्ध जहाँ जन्मे पनि केही फरक नपर्ला तर फरक पर्ने व्यक्तिहरु पनि धेरै छन् ।


 
Read Full Discussion Thread for this article