Posted by: Masane April 18, 2013
"Dil Shova Maharjan" Breaking news
Login in to Rate this Post:     0       ?        
 http://hellonepalkorea.com/detail.php?cat=news&nid=13566


गत मार्च महिनाको १७ तारिख आमाको घरकी सन्चालक दिलशोभा श्रेष्ठलाई एक कार्यक्रमकाबिच भव्य सम्मान गरिएको थियो । उक्त दिन उनलाई सम्मान मात्र गरिएको थिएन कि दक्षिण कोरियामा रहेका नेपाली समुदायले एकजुट भएर गरेको सहयोग रकम कार्यक्रम स्थलमै ७१ लाख वन (झन्डै रु.५ लाख बढी) संकलन भएको थियो । 
यतिखेर उक्त सम्मानको कुरालाई लिएर विभिन्न प्रश्नहरु उब्जिएको छ । दक्षिण कोरियामा रहेका नेपालीहरुले परोपकारी मनले आमाको घरका वृद्धवृद्धाहरु र द्वन्द्वपिडित बालबालिकाहरुका लागि दिएको ७१ लाख वन मध्ये उनले कसरी ३ लाख ६७ हजार वन मात्र पाइन् ? आयोजकले त्यत्रो पैसा के के मा खर्च गर्यो ? दिलशोभा श्रेष्ठको आवाज रेकर्ड भएको एउटा “भिडियो क्लिपस्”  मा उनले ३ लाख ६७ हजार वन मात्र पाएको र बाँकी रकम प्लेन टिकट, खादा, पोष्टर लगायत कार्यक्रममा खर्च भएको बताएकी छिन् । कार्यक्रम स्थलमा भएको फोटोहरु समावेश गरिएको भिडियोमा उनले मलाई सम्मान गर्नु ठूलो कुरा हो र मेरो पैसाले सम्मान गरेको जस्तो भए पनि म खुशी छु भनेकी छिन् । 

यस भिडियोको बारेमा आयोजकसँग प्रश्न राख्दा आयोजक मध्येकी भिजन नेपाल नेटवर्ककी अध्यक्ष आस्था विन्दु मल्ले दिलशोभा श्रेष्ठका लागि संकलन भएको रकममध्येबाटै हवाई टिकटको पैसा कटाउने आयोजकहरुबीच सहमति भएको बताइन् । तर अन्य सम्पूर्ण खर्चहरु आयोजकहरुले नै गरेको दावी गर्दै त्यो भिडियो क्लिप्स् मा उनले बोलेको कुरा सुन्दा निकै अचम्म र अपत्यारिलो लागेको मल्लले बताइन् । कार्यक्रमको लागि हल भाडा ४ लाख वन र दिलशोभा श्रेष्ठले “बरु आधा पैसा म हाल्छु एउटा ल्यापटप किन्दिनु” भनेपछि टोशिबाको ल्यापटप ६ लाख वनमध्ये आफूले ३ लाख ५० हजार वन हालिदिनुको साथै उनको लागि खान र बस्नको व्यवस्था गरेको आस्था विन्दु मल्लले बताइन् । दिलशोभा श्रेष्ठलाई दैनिक चर्च जानुपर्ने भएकोले ३।४ दिन मात्र आफूकहाँ बसेको बताउँदै मल्लले कार्यक्रम सकिएपछि सम्पूर्ण रकम उनलाई दिने आयोजकहरुबीच सहमति भएको बताइन् ।  
सोही कार्यक्रमको आयोजक मध्येकी महिलाका लागि महिलाकी अध्यक्ष जुनु गुरुङले आयोजकहरुबीचको सहमतिमा दिलशोभा श्रेष्ठ नेपाल नर्फिएसम्म पैसा आफूले राखिदिनको लागि लिएको बताइन् । तर दिलशोभा श्रेष्ठले बीचमै “मलाई ४० लाख ५० हजार वन चाहियो” भनेर गुरुङसँग माग्दा गुरुङले अर्का आयोजक नेपाल कोरिया न्युजका प्रधान सम्पादक पुरु जोशीसँग “आमाले यसरी पैसा माग्नुभएको छ के गरौं ?” भनेर सोधेको र जोशीले उहाँको लागि संकलन गरेको उहाँकै पैसा हो उहाँले मागेको भए दिए हुन्छ भनेपछि त्यो पैसा दिएको बताइन् । “त्यो पैसाले त पछि सुन पो किनेको रहेछ” - अध्यक्ष गुरुङले बताइन् । साथै गुरुङले आमाको लागि सामसङ ग्यालेक्सीको एउटा मोवाइल सेट निशुल्क दिएको र अर्काे दिन यस्तै मोवाइल मेरो स्टाफहरुलाई पनि लगिदिनुपर्यो भनेर दिलशोभाले भनेपछि ४ वटा ग्यालेक्सी मोवाइल सेट आफुले खरिद गरेकै दाममा दिदा ४ लाख ४० हजार वन खर्च भएको बताइन् । साथै मार्च २९ तारिख श्रेष्ठ नेपाल फर्किनुपर्ने भएपनि चर्चको विभिन्न कार्यक्रमहरु भन्दै अप्रिल ८ सम्म बसेको उनले बताइन् । 
कार्यक्रममा भएको ब्यानर, प्रमाण पत्र लगायतका सम्पूर्ण खर्चहरु नेपाल कोरिया न्युजले ब्यहोरेको र किम्हेमा संकलन भएको रकमबारे आफूलाई थाहा नभएको अध्यक्ष गुरुङले बताइन् । 
यसरी दिलशोभा श्रेष्ठको लागि संकलन गरिएको रकमबाट कोरियन एयरको हवाई टिकट १० लाख ३० हजार वन आयोजकले कटाएको र बाँकी पैसा उलने व्यक्तिगत कामका लागि खर्च गरेको देखिन आएको छ ।  आयोजकको भनाइलाई आधार मान्दा दिलशोभा श्रेष्ठले सुनमा ४० लाख ५० हजार वन,  मोवाइल सेट ४ लाख ४० हजार वन र ल्यापटप २ लाख ५० हजार वन व्यक्तिगत प्रयोजनमा खर्च भएको देखिएको छ । 
आमाको घर नितान्त व्यक्तिगत रुपमा दिलशोभा श्रेष्ठले सन्चालन गरेकी हुन् । उनले कसैको सहयोगको अपेक्षाले त्यो कामको शुरुवात गरेकी थिइनन् । तर यति हुँदा हुँदै पनि उनलाई जुन प्रयोजनका लागि दक्षिण कोरियाका नेपालीहरुले सहयोग गरेका थिए त्यस काममा पैसा नपुग्दा सहयोगी दाताहरु कोही आक्रोशित छन् त कोही अचम्मित । दिलशोभा श्रेष्ठले व्यक्तिगत काममा खर्च गरेको हो भन्ने भनाइप्रति विश्वास नगर्ने पनि छन् । यसमा संकलित रकम सुरक्षित रुपमा नेपाल पठाउन नसक्नु आयोजकको मुख्य कमजोरी रहेको देखिन आएको छ । 

Read Full Discussion Thread for this article