Posted by: Daanav April 12, 2013
नयाँ साल !!!!
Login in to Rate this Post:     1       ?         Liked by
आयो आयो नयाँ साल अंक मात्र नयाँ भो,पुरानो नै छ ताल
राजनीति देखी बिकास सम्म नारा एउटै भो, कसैलाई छैन केइ बाल  
 
गएको बर्ष संबिधान दिन्छु भन्थे आउने साल मा चुनाव को थिती पो तोके
के के न हो मै हुँ भन्थे सरकार बनाउने बेला अर्कै लाई पो बोके
 
सन्यास लिने नाम निसानै छैन बर्ष जस्तेइ नेता प्राएले ७० छोए 
बुढा भएसी झगडा गर्छन् भनेको यि हाम्रा नेता हरु ले देखाये सिखाये
 
कुरा नगरुम नेता र राजनीति को भन्दा भन्दै यो बर्ष गयो 
नयाँ उमङ र खुशी को साथ् नयाँ साल २०७० नि आयो  
 
सबैलाई फलोस फुलोस सबैको राम्रो होस् 
गरीब लाई धन दुखी को मन मा खुशी भरोस 
नेपाल र नेपाली को उन्नती प्रगती होस् 
नयाँ बर्ष २०७० ले नौलो आयम ल्याओस
Read Full Discussion Thread for this article