Posted by: Geology Tiger April 12, 2013
नयाँ साल !!!!
Login in to Rate this Post:     3       ?         Liked by
बहुत सुन्दर ठुल्दाइ ...

ल मेरो तर्फबाट नयाँ सालको यो कविता

नयाँ बर्ष,
तिमी सधैं झै यो पटक पनि
त्यही पुरानै शब्द 'नयाँ' टस्साँउदै आयौ।
तर के तिमीले नयाँ अनुभूति,
नयाँ उत्साह र नयाँ आशा
पनि आफूसँगै बोकी ल्यायौ?

थाहा छैन मलाई
तिम्रो आगमन पछि
म नयाँ के के पाउँछु,
म त सधैं उस्तै नै छु,
र शायद मेरो वरिपरि पनि उस्तै नै पाउनेछु ।
थाहा छैन मलाई
तिम्रो आगमनमा
म यो उत्सव किन मनाइरहेछु,
शुभकामना त सबैबाट
अँगालो भरि भरि पाइरहेछु,
के यो उत्सव केवल क्यालेन्डरमा हुने
अंक परिवर्तनको हो?
वा यो उत्सव केवल
जमघट र रमाइलो गर्ने बहानाबाजी हो?

नयाँ बर्ष,
भैगो तिमी फगत एउटा बहाना बनेर नआउ,
क्यालेन्डरहरुमा फेरिने अंक मात्र बनी पनि नआउ,
म त उस्तै नै रहनेछु,
तर तिमी मभित्र बदलिएको
बिचार भई आउ,
म भित्रको अहम् र स्वार्थलाई
सिध्याउदै आउ,
देशको अस्तव्यस्त राजनितीको
निकास भइ आउ,
दुर्गाम गाउँ र बस्तीहरुमा
बिकास भइ आउ,
लोडसेडिङको अन्धकारमा डुबेको शहरमा
उज्यालो बनी आउ
भोक, रोग र शोकले चाउरिएका अनुहारहरुको
मुस्कान बनी आउ
अनि आपसी एकता, सहयोग र सद्भावको लाली बनी
मेरो मन-मष्तिस्कमा छाउ
हामी सबैको मन-मष्तिस्कमा छाउ

हो नयाँ बर्ष, सबैतिर तिमी
सन्देस यही छर्दै जाउ,
तर बिन्ती मेरो,
केवल क्यालेन्डरहरुमा फेरिने अंक भई नआउ

Read Full Discussion Thread for this article