Posted by: Rahuldai April 12, 2013
नयाँ साल !!!!
Login in to Rate this Post:     4       ?         Liked by
 यो साल पनि ,

पोहर साल जस्तै

फोहर नाल सफा गर्दै,

मोहर सुका नाफा भन्दै

अर्को साल फेरी आउछु भन्दै  गयो .


हरेक साल, यसरी नै

मालामाल हुने,

फालाफाल हुने

सपना बेच्दै

रत्न पार्कको हल्लाउदै सुघाउँदै

ओखती बेच्नेको चटके जस्तै

नयाँ साल फेरी आउंदै छ ,

नयाँ माल फेरी आउंदै छ .

आउँदो साल,

यो सालको तालमा न आओस ,

यस्तै चाल र हालमा न आओस ,


केही त नयाँ,

चन्द्रमा दाँया

अलिकति आशा, उमङ्ग

अलिकति जोश र तरंग

जीर्ण पुर्जामा अलिकति उर्जा

बोकेर,

घोकेर

धोकेरै

भए नि आओस ,

नेपाली जनमा

नेपाली मनमा

हराएको मुस्कान

राष्ट्रियताको मुहान

फुलोस फलोस

यसरी नयाँ साल

आओस आओस . 

Read Full Discussion Thread for this article