Posted by: sidster April 10, 2013
Nepal Police Brutality against a poor dog!
Login in to Rate this Post:     0       ?        

Many of you thought the spectators on the dog killing even were innocent. Just look at this mass killing a leopard. Police or People we are all the same and have no respect for life.


२८ चैत, काठमाडौं । पशुपति क्षेत्रमा केही दिनयता जनावर र मान्छेलाई दुख दिँदै आएको चितुवालाई एयरपोर्ट नजिकै गोठाटार हाइटका स्थानीयबासिन्दाले लौरोले हानेर मारेका छन् ।

बिहान ६ बजे टोलमा देखिएको चितुवालाई नियन्त्रणमा लिने सरकारी प्रयास असफल भएपछि स्थानीयबासिन्दाले लौरोले हानेर चितुवालाई मारेका हुन् । चितुवासितको भिडन्तमा एक दर्जनभन्दा बढी स्थानीयबासिन्दा घाइते भएका छन् ।

leopard-in-gothatar-main

बिहान चितुवा देख्ने बित्तिकै सीमित संख्याका प्रहरी र संयौको संख्यामा रहेका स्थानीयवासीले रेष्टुरेन्ट नजिकैको बाँसको झ्याङ्गभित्र चितुवालाई घेरा हालेर राखेका थिए ।

leopard-in-gothatar

चितुवा रहेको जानकारी पाएपछि हेर्न जम्मा भएको भिड ।

त्यसपछि वन मन्त्रालय र चिडियाखानामा खबर पुग्यो । मन्त्रालय र चिडियाखानाको टोली घटनास्थल पुगेर चितुवालाई नियन्त्रणमा लिने प्रयास भयो । ‘तर मान्छेको भीडले चितुवा बिच्किएको हुनाले नियन्त्रणमा लिन सकिएन’ चिडियाखानाका बरिष्ठ भेटनरी अधिकृत राधाकृष्ण घर्तीले अनलाइनखबरसित भन्नुभयो ।

leopard-in-gothatar-1

चिडियाखानाबाट गएको टोली चितुवा नियन्त्रणको प्रयासमा ।

मान्छेको भीड देखेर बिच्केको चितुवालाई गोलीमा लठ्याउने औषधि हालेर नियन्त्रणमा लिन खोजिएको थियो । तर झाडीभित्र लुकेको चितुवालाई एउटा गोली पनि लागेन । एकतिर गोली हान्दा अर्कैतिरबाट चितुवा निस्केर मान्छेमाथि नै आक्रमण गर्न थाल्यो । त्यस क्रममा चितुवा समाउन गएका चिडियाखाना कर्मचारी बालकृष्ण गिरी सहित केही स्थानीयबासिन्दा घाइते भए ।

leopard-in-gothatar-2

स्थानीयले जिस्काएपछि बाँसघारीबाट निस्किएको चितुवा ।

leopard-in-gothatar-5

बाँसघारीबाट भाग्ने क्रममा भिडतिरै झम्टिँदै चितुवा र भाग्दै गरेकाहरू ।

leopard-in-gothatar-4

बाँसघारीबाट निस्किएको चितुवाले झम्टिएपछि भाग्दै । भाग्ने क्रममा चितुवा र मानिसले लडिबुडी खेलेका थिए ।

 

leopard-in-gothatar-8
बाँसघारीबाट निस्किएको चितुवाले झम्टिएपछि भाग दौड नै मच्चिएको थियो । मानिसहरु भाग्दा उठेको धुलोले एक अर्कालाई नदेखिने अवस्था आएको थियो ।

चितुवाले आक्रमण गर्न थालेपछि स्थानीयबासिन्दा आक्रोशित भए । मान्छेभन्दा बढी आक्रोशित भएको चितुवालाई सबै मिलेर लौरोले हान्न थाले । मान्छेले चारतिरबाट आक्रमण गर्न थालेपछि चितुवा उम्कन पाएन । बिहानदेखि स्थानीयबासिन्दाले घेरा हालेर राखेको चितुवा दिउँसो झण्डै ३ बजे मारिएको थियो ।

leopard-in-gothatar-9

चितुवालार्इ घेरा हालेर लठीले कुट्दै स्थानीय युवाहरू । स्थानीयले कुटेरै चितुवा मारेका छन् ।

leopard-in-gothatar-6

केही दिनयता पशुपति क्षेत्रमा गाईका बाच्छा मार्नुका साथै चितुवाले मानिसहरुमाथि समेत आक्रमण गर्न थालेपछि पशुपति क्षेत्र वरपरका मानिसहरु चितुवाको आतंकबाट भयभीत भएका थिए ।

leopard-in-gothatar-11

मारेपछि चितुवा घिसार्दै स्थानीय युवाहरू ।

leopard-in-gothatar-12

Read Full Discussion Thread for this article