Posted by: Jangali Maanab April 9, 2013
Sajha Poll: March 2013 Writers Appreciation Month Vote for a story!
Login in to Rate this Post:     0       ?        
सान दाई,
सायद मलाई चित्त नबुझेका कुरा केहि नरम शब्दमा पनि ब्यक्त हुन सक्थे होलान, सबैको आ आफ्नै शैली हुन्छ भन्ने कुरामा दुइमत नहोला | आफ्ना कुरा राख्ने क्रम मा 'बेइमानी' शब्द आएको हो, यसमा कुनै "Hard Feelings" छैन | तिमीले भने झैँ मान्छे ले आफ्नो बुद्दि र बिबेकले कुनै कुराको 'Analysis' गर्छ भन्ने कुरामा म पूर्ण रुपमा सहमत छु, साथसाथै कसैको क्षमाता लाई 'Under Estimate' गर्नु हुन्दैन भन्ने कुरा थप्न चाहन्छु |     
Voting Anomalities को उदारण को लागि धन्यबाद, Voting निस्पक्ष्य हुनु पर्छ, यो कुरा हामी सबैले मान्नु पर्छ, म पनि मान्छु| तिमीले दिएको उदारणका युजरको साटो राम, सीता, गीता, हरी..भएको भए तिमीलाई कठिन पो हुन्थ्यो कि ?  यो cometition को दौरान मा आफुले बनाएका नियम परिबर्तन गर्दै गयेउ जुन कुरा मलाई चित्त बुझेन र मेरो अभिव्यक्ति आएको हो | यसलाई अन्यथा नलेउ है | तिमीले भने झैँ आफुलाई चित्त नबुझेको कुरा राख्ने थलो हो साझा, नत्र सान दाई ले शुरु गरेको काम मा प्रश्न चिनह खडा गर्दा सायद मेरो युजर आ डि बन्द भै सक्थ्यो होला ! 
- जंगली मानब
Last edited: 09-Apr-13 09:17 PM
Read Full Discussion Thread for this article