Posted by: nepalilaure April 4, 2013
sumina ghimire le feri kanda garyo
Login in to Rate this Post:     0       ?        
नेपाली फिलिम नहेरेको धेरै भयो, तर ठिकै छ नेपाली हिरोनीहरुले बेला बेलामा येस्तै काम गरेर मनोरंजन दिदै आएका छन् |

यो चै यिनले दिएको धम्कि : "टाउको झोलामा, खुट्टा खोलामा" गर्दिने रे !
http://e.onlinekhabar.com/2013/04/13759/


यो समाचार/लेख को लागि यी नानीले तेस्तो धम्कि दिएकी रैचिन :

सोझीबाट हट हुँदा पनि चलिनन् सुमिना
एक चलचित्रमा नायक अर्जुन कार्कीले शरीर भरी किला रोपे पछि उनको चर्चा एकाएक चुलिएको थियो । उनले त्यसपछि लगालग १८ वटा सिनेम खेले । तर एकपछि अर्को सिनेमाले पानी नमागेपछि उनी जसरी उचाईमा पुगेका थिए त्यसरी नै झरे । नायिका सुमिना घिमिरेको करिअर पनि अहिले त्यस्तै मोडमा पुगेको विश्लेषण गर्न थालिएको छ । चलचित्र क्षेत्रमा आशालाग्दी नायिकाको रुपमा हेरिएकी सुमिना अहिले असफल सावित हुँदै गएकी छिन् । सुमिनाले अभिनय गरेका कुनै पनि सिनेमाले व्यवसायिक रुपमा सफलता हात पार्न नसकेपछि उनको करिअर पनि ओरालो लाग्न थालेको हो ।

चलचित्रमा अभिनय गरेर भन्दा पनि विभिन्न चलचित्रकर्मीसँग नाम जोडिएर उनले चर्चा बटुलेकी छिन् । सुमिनाको आजसम्म ‘दुलही’, ‘छविलाल कञ्जुस छैन’, ‘किन मायामा’, ‘हेल्लो प्रकृती’, ‘तिम्रो लागी’, ‘रङ’ लगायतका सिनेमा प्रदर्शनमा आएका छन् । तर यि सबै सिनेमाले निर्माताको लगानी बचाउन सकेनन् । सुमिनाले सबैभन्दा धेरै आशा गरेको चलचित्र ‘नाइन ओ क्लक’ को व्यापार पनि शुन्य जस्तै छ । दुलहीमा सोझी युवतीको भुमिकामा अभिनय गरेकी सुमिनाले अहिले आफ्ना भुमिकालाई परिवर्त गर्दै चलचित्रमा हट दृश्य समेत दिन थालेकी छिन् । तर उनले जस्ता भुमिका गरेपनि दर्शकले रुचाएका छैनन् । यसैले उनी अहिले सफल सिनेमाको खोजीमा छटपटिएको देखिन्छ ।

कुनै पनि कलाकारले अभिनय गरेका आधादर्जन भन्दा बढि सिनेमा मध्ये एउटाले पनि व्यापार नगर्नु असफलताको संकेत हो । सुमिनाको टाउको हेरेर दर्शक हलसम्म गएका छैनन् । यसैले पनि सुमिनालाई सिने नगरीमा चल्न नसकेकी नायिकाको रुपमा विश्लेषण गर्न थालिएको छ ।





Read Full Discussion Thread for this article