Posted by: Geology Tiger April 1, 2013
SAJHA Geeti Katha
Login in to Rate this Post:     0       ?        
तर मलाई थाहा थियो ... तिम्रो बाबुआमाले जबर्दस्ती तिम्रो बिहे तय गरिदिएका थिए ... जुन दिन बिन्ध्यबासिनी मन्दिरमा हामीले अब आइन्दा यो दुनियाँमा एक अर्काको लागि मात्र बाँच्ने निधो गरेका थियौ, त्यही दिन देखि तिमी सम्पूर्ण रुपमा मेरी र म तिम्रो भइसकेका थियौ ... मलाई थाहा थियो तिम्रो मनमा म बाहेक अरु कोही बस्न सक्दैन भन्ने कुरा ... त्यसैले मैले त्यस्तो कठोर परिस्थितिमा पनि सम्हाली राखे ... आपतको बेलाको साथी सच्चा साथी भने झै त्यो बिकास मालाकार पनि मैले बोलाउने बित्तिकै तुरुन्त आफ्नो गाडी लिएर तिम्रो घर अगाडि आपुग्यो । तिनै मेरो दुई चार जना साथीको आड भरोसाले गर्दा नै त मैले तिमीलाई भगाएर धुलिखेल लैजान सके । मेरा ती साथीहरुले पछी खानु गाली खाएछन्


Last edited: 01-Apr-13 07:52 PM
Read Full Discussion Thread for this article