Posted by: Geology Tiger April 1, 2013
SAJHA Geeti Katha
Login in to Rate this Post:     0       ?        
तिमी त्यो खसी बजार नजिकै चार्टर एकाउन्टेन पढ्नको लागि तयारी कक्षा पढ्दै थियौ । म भने तिम्रो आँखाहरुमा डुबिसकेको थिए, तिम्रो प्रेममा पागल भइसकेको थिए । हरेक दिन तिम्रो त्यो इन्स्टिट्युट तलकोको पान पसल अगाडि अभिएर तिमी आएको र गएको हेर्नु त मेरो दैनिकी नै भइसकेको थियो ।

तिमीलाई के थाहा र पहिलोपटक तिमीलाई दसैंको ग्रिटिङ कार्ड दिदा मेरो मन कति अत्तिएको थिए । मेरो मुटु फुत्त निस्केला झै भएको थियो, सास रोकिए झै भएको थियौ तर तिमीबाट पनि जवाफ स्वरुप ग्रिटिङ कार्ड पाउदा मेरो खुशीको सिमाना थिएन ।

तिमीलाई याद छ त्यो दिन जब मेरो अनुरोध स्विकार गरेर हामी दुवै कपन गुम्बा घुम्न गएका थियौ । तिमी लजाएकी थियौ, म धकाएको थिए । तर तिम्रो हेराइमा, तिम्रो बोलाइमा, तिम्रो हरेक चालमा म लठ्ठ भएको थियो । मनभित्र एउटा हुरी चलिरहेको थियो । म तिमीलाई आफ्नो भन्न्न चाहन्थे । अगाँलोमा बाँधेर यो पापी संसारलाई भुल्न चाहन्थे । एउटा मिठो भूल गर्न चाहन्थे, एउटा सुन्दर फूललाई माया गर्ने भूल ...

 
Read Full Discussion Thread for this article