Posted by: Bishnu Gautam March 31, 2013
Stories submitted during March Story Writer Appreciation period
Login in to Rate this Post:     0       ?        

 कर्महरुमा बाँचेका दिवंगतहरु 

विष्णु गौतम

      एउटा विक्षिप्त बाबु हुँ जस्ले आफ्नो क्षेत्रमा अत्यन्तै सफलता प्राप्त गरिरहेका जवान छोराहरुलाई अल्पायुमै गुमाएको उनीहरुको बारेमा थोरै शब्दमा भन्नुपर्दा स्व. कुमार गौतम (२८) ले पर्यटन व्यवसायमा प्रवेश गरेको छोटो समयमै सन् २००८ मा नेपालमा धेरैे पर्यटक भित्राउन सफल भएका थिए माहिला छोरा बलराम (२६) ले अमेरिकाको नर्थ वेस्र्टन ओक्लाहोमा स्टेट युनिभर्सिटि टप गर्न सफल भै राष्ट्रपति सम्मान, आउटस्ट्याण्डिङ्ग सिनियर अवार्ड लगायत बर्ष विद्यार्थी २००८ समेत भै उक्त युनिभर्सिटिको म्याथ डिपार्टमेन्टको प्रेसिडेन्ट समेत हुन सफल भएका थिए हाम्रो दुभाग्र्य ! यिनीहरु दुबै केबल महिनाको अन्तरालमा सडक दुर्घटनामा देहवसान भए हामीबाट टाढा गए उनीहरुको मृत्युपछि हामी विक्षिप्त भयौं उनीहरुकै सहयोगमा पढिरहेका गरिब बालबालिकाहरु सहाराविहीन भए, देशले होनाहार प्रतिभा गुमाएकोमा धेरथोर नोक्सान व्यहोरिरहेको  
संसारमा जन्मिएपछि सबैको एकदिन मृत्यु हुने गर्छ तर अल्पायुको मृत्यु ज्यादै नै कठोर पीडादायी हुनेरहेछ नियतिको कठोर दण्ड भोग्न बाध्य मैले भक्कानिएको मनबाट छचल्किएका आँशुलाई आँखामा निकाल्न समेत सकिन कारण त्यतिखेर सबैलाई सम्हाल्ने जिम्मेवारी मेरै काँधमा थियो, बिशेषतः ती छोराहरुलाई जन्म दिने आमा, मेरी संगी, मेरा ८४ बर्षिय बाबा ७८ बर्षिया आमा, मेरा अन्य साना छोराछोरी अनि आफन्तजन !
त्यो समयलाई धेरै स्मरण गर्न चाहन्न संक्षेपमा, एउटा अस्पतालको इमरजेन्सी वार्ड भन्दा गहन थिए मेरा घरका कोठाहरु कतै कोही चिच्याउँथे, कतै कोही बेहोस हुन्थे, कतै कोहीमा पागलपन सरी बरबराउने, आफ्ना बस्त्र च्यात्ने, आफुलाई नै चिथोर्ने, कोपर्ने आदि अवस्था थियो त्यहाँ निरपराधि भएर पनि सबैभन्दा ठूलो अपराध बोध गरिरहेको थिएँ एउटा मानसिक रोगको डाक्टरले जसरी सबैलाई सम्हाल्दै ढाडसरुपी दबाई गर्दै थिएँ त्यतिखेर मेरो मनमा चल्मलाईरहेको सुनामी कहिल्यै आँखासम्म पुग्न पाएन सायद मेरो जिम्मेवारी थियोजानेहरु गैगए तर आफुसँग भएकाहरुलाई कसरी बचाउने ? जे जस्तो भए पनि समय रोकिँदो रहेनछ दिनहरु कुलेलम ठोकिरहे केही समय आफन्तका आँसुको भेलमा नुहाईरहें तर एउटा मानिसले कति धेरै सहन सक्छ ? एउटा समय यस्तो पनि आयो, मैले परिवार कसरी एकैपटक मर्न सकिन्छ भनेर योजना बनाउन थालें अन्त्यमा सबैजना एउटै मोटरमा बसेर भोटेकोसीमा समाहित हुने निर्णय गरें  
भनिन्छ, जन्म मृत्यु लेखिएरै आएको हुन्छ रे सायद यो सत्य नै होला ! मेरा आँखाहरुले आफु सामु जो देखे पनि कुमार बलरामकै रुप देख्न थाले भने दुःखी, गरिब, असहायहरुको पीडामा उनीहरुको क्रन्दन देख्न थाले त्यसपछि अचानक मलाई जिम्मेवारी बोध भयोपृथ्विमा रहेका हजारौं कुमार बलरामहरुका लागी उनीहरुको जीवन यापन सहज सुन्दर बनाउनु पर्छ यो बोधले संपूर्ण परिवारलाई कालको मुखमा जानबाट रोक्यो साथै कठिनतम जीवन गुजार्न विवश ती सबैलाई कुमार बलराम झैं सफल बनाउने अठोट गरें अनि यो नै मेरा दिवंगत सुपुत्रहरुप्रति सच्चा श्रद्धाञ्जली हुने भौतिक रुपमा उनीहरुले एक÷एक मृत्यु वरण गरे पनि भावनात्मक रुपमा हजारौं जन्म भै रहनेछ भन्ने विश्वास बनाएँ अब तिमै्र नामबाट हजारौं लाखौं कुमार बलरामको पुनर्जन्म हुनेछ तिम्रा छोराहरु संसारभर लक्ष्मी प्रतिष्ठानका रुपमा जग्मगाइरहने छन्भनी आफ्नो कोखबाट जन्मिएका अनमोल रत्न गुमाएकी आमालाइृ धैर्य बधाउन सफल भएँ यसरी जन्मियो लक्ष्मी प्रतिष्ठान !
लक्ष्मी प्रतिष्ठानको जन्मपछि हामीले मनवचन कर्मले यसैलाई कुमार बलराम झैं सम्झी अहोरात्र काम गरिरहेका छौं कुमार बलरामका साथी तथा हाम्रा शुभचिन्तकहरुले होस्टेमा हैंसे मिलाउँदै छन् हाम्रो संकल्प – “समाज रुपान्तरणको क्षेत्रमा हामी नेपालमा नयाँ ईतिहाँस बनाउँने छौं अनि शिक्षा, स्वास्थ्य, सीप विकास महिला सशक्तिकरणका माध्यमले समाज रुपान्तरणको महायज्ञ गरिरहेका छौं सवारी दुर्घटनाले नै हाम्रो मुटु दुई पटक चोइटिएको हुँदा दुर्घटना न्युनिकरणका लागि विभिन्न कार्यक्रम गर्दै आएका छौं सडक दुर्घटना घटाउन सडकमा खटेर काम गर्ने  मजदुर नै सक्षम, स्वविवेकी नियम कानून पालन गर्ने हुनुपर्छ भन्ने सोची यतिखेर हामीले माथि गर्दै आएका कार्यक्रमहरुलाई पनि सम्बोधन गर्ने गरी सीप विकास महिला सशक्तिकरणको लागी समेत मद्धत पुग्नेगरी नेपालका जिल्लाबाट एक हजार जना महिलाहरुलाई दक्ष सवारी चालक बनाई लाखौं जीवन रक्षा गर्न सकिने ठानेका छौं हाम्रो यात्रा जारी सम्भवतः यति ठूलो संख्यामा एकै पटक महिलाहरुका लागि दिईन लागेको सवारी चालनको विशिष्ट तालिम विश्वमा नै पहिलो हो , सडकमा आफ्ना दुई सन्तान गुमाएका बाबुआमाले दुर्घटना न्युनिकरणका लागि गरिएको पहिलो महायज्ञ हो  
आदरणीय दाजुभाइ दिदीबहिनीहरु,
मैले यो पत्र लेख्नुको उद्धेश्य मैले राम्रा काम गरें भनेर देखाउनु होइन, तर राम्रो कुराले समाजलाई राम्रै सन्देश दिन्छ भन्नु चाँही पक्कै हो अर्को कुरा,  भौगोलिक रुपमा विश्वकै अति सुन्दर देश नेपाल सम्पदा संस्कृतिमा अति नै धनी भएर पनि बेरोजगारीका कारण लाखौं छोराछोरीले खाडिमा रापिईरहेको पीडा कुमार बलरामसँग विछोडिनुको पीडा बराबार भैरहन्छ उनीहरु दाजुभाइको ÷ मृत्यु भयो तर प्रवासी हुन बाध्य मेरा भाइछोराहरुको मृत्यु पटक पटक भैरहने गर्छ यिनीहरुलाई सन्तान भएरै पनि विछोडिनुको पीडाले मर्माहत बनाई रहन्छ जुन परिवारका लागि यिनीहरु मरुभुमिमा रापिँदै आँसु पिईरहेका छन्, कतिको फर्केर आउँदा छोडेर गएका परिवार सदस्यसँग भेटसम्म हुन्न  
तपाईहरु सबैलाई थाहा यति धेरै संकट हामीले बेहोरी रहँदा पनि जिम्मेवारी सम्हाल्नेहरुमध्ये केही कुकर्तुत गरेर आफ्ना सन्तानको सुख बुझ्न नसकी उनीहरुको सुखको रुपमा भोली समाजको अगाडि उभिन नसक्ने गरी अपराधका धब्बाहरुले रंगाईरहेका छन् यो गन्तव्य राम्रो होइन बुझ्नेहरुले अब उनीहरुलाई सत्तोसराप गरेर मात्र बस्ने बेला छैन ट्रान्स्परेन्सी ईन्टरनेसनलको भ्रष्टाचारको सुचिमा नेपाल १३९ औं स्थानमा सुचिकृत हुनुमा ति कुकृत्य गर्नेहरुले हामीलाई पनि मुछेका छन् किनभने ती शिर्ष स्थानमा रहनेहरुले हामीलाई विश्वस्तरमा त्यसरी नै चिनाएका छन् उनीहरुलाई समेत सुधारेर समाज रुपान्तरणको महायज्ञमा संलग्न गराउन बिलम्ब गर्नुहुन्न  
अब अन्तमा, यहाँ धेरै असल मनहरु छन् जस्ले सधैं राम्रो देख्न चाहन्छ राम्रा कामहरु गर्दै जाँदा उनीहरुको मनोबल अझै उच्च हुनेछ भने खराब काम गर्नेहरु आफैं पाखा लाग्दै जानेछन् फर्केर हेर्ने हो भने हाम्रै नेपालमा परि आएको खण्डमा निस्वार्थ सेवा गर्नेहरुको ताँति नै लागेको इतिहाँस साक्षि हामीहरुले पनि धेरै क्षति बेहोरेर पनि लक्ष्मी प्रतिष्ठानका माध्यमबाट सधैंभरि देशकै हीतमा काम गरिरहेका छौं कुमार बलराम गुमाउनुको पीडाले शक्तिमा रुपान्तरण भएर काम गर्ने उर्जा दिईराखेको अथवा भनौं उनीहरुको रिक्ततालाई पुरा गर्न हामीले सत्कर्मको बाटो रोजेका छौं लक्ष्मी प्रतिष्ठानको योजनाहरु नडग्मगाउन भनेर हाम्रो परिवारले ठूलै त्याग गरेको   मैले लाखौं आम्दानी भैरहेका कारोबार सबै छाडें, सम्पतिको ठूलो हिस्सा पनि सकाई अहोरात्र खटिरहेकै छु  
राज्यले समाज रुपान्तरणको लागि भनेर छुट्याएका रकमबाट सहयोग प्राप्त गर्नका लागि हामी प्रधानमन्त्री देखि जिविसहरु लगायतका निकायहरुमा धायौं योजनाको सबैले तारिफ गर्छन् तर कहिंबाट केही पाउन सकेका छैनौं बरु व्यक्तिगत रुपमा धेरै तिरबाट सोचेभन्दा पनि बढि सहयोग पाईरहेका छौं तिनै सहयोगी मनहरु हाम्रा दाता बनेका छन् जसका सहयोगले गर्दा हामीले अत्यन्त पूँजि खर्च गर्न सक्नेहरुको भन्दा बढि काम गर्न सकेका छौं उपलब्धिलाई सहभागीका संख्यामा मात्र गणना गरिनुहुन्न भन्ने हाम्रो मान्यता यद्यपि हामीले प्रदान गर्ने हरेक तालिममा तोकिएको भन्दा बढि सहभागीहरु लिनुपर्ने अवस्था आएका छन् गुणात्मक हिसाबमा ती तालिमेहरु अब्बल मानिएका छन् भने तिनले प्राप्त गरेका सीप आज धेरै परिवारको जीवन धान्ने आधार बनेको यस अर्थमा हामी संंख्या गुण दुबै पक्षमा अग्रणी छौं राज्यसँग ठूलो श्रोत लिएर काम नगरी कागजमा उपलब्धि देखाउनेहरुको माझमा हामी गौरबले छाती फुलाउन सक्छौं एउटा घरको चौघेरा नाघेर आज हामी हजारौंलाखौं मनहरुमा स्थान जमाउन सफल भैसकेका छौं यो हाम्रा लागि गर्वको विषय हो साना सहयोगहरु मार्फत् हाम्रा कार्यक्रमहरुलाई उपलब्धिमूलक बनाउन मद्धत गर्ने ती सबै सहयोगी मनहरु प्रति हामी कृतज्ञ छौं
 
निश्चय नै राम्रा काम गर्नका लागि निर्मल मन पवित्र विचार चाहिन्छ घरको एउटा कोठाबाट अत्यन्तै पीडादायी अवस्थामा स्थापित लक्ष्मी प्रतिष्ठान मार्फत् हामीले गरेका कामहरु प्रत्यक्ष वा वेवसाईट

www.laxmipratisthan.org  बाट हेर्न सक्नुहुनेछ अब मसँग सकाउनका लागि सम्पति पनि छैन, एउटा घर अलिकति बारी , सानो पसल त्यसबाट जनाको परिवारको लागि खान लाउन मात्र पुग्छ तसर्थ छोटो समयमा नै फैंलिदै गएको प्रतिष्ठानले फेरि साँघुरिनु नपरोस् कुमार बलराम झैं समाज रुपान्तरणका असिमित योजनाहरुको पनि विचैमा अवसान नहोस् दिवंगत द्वय मेरो व्यक्तिगत सन्तान थिए तर प्रतिष्ठान तपाई हामी सबैको साझा भईसकेको यस्ले बाँच्न पाउनुपर्छ तपाईहरुले बचाउनुपर्छ साँच्चिकै समाजसेवा गर्न चाहनुहुन्छ भने आजै केही गर्नुहोस् भोली कसले देखेको ? हामी सबै मिलि भ्रष्टाचार फैलाएको देशको धनाढ्य होइन, सुशासन रहेको देशको सामान्य नागरिक बनेर बाँचौं यही मेरो अपिल हो, बाँकी तपाईको जो ईच्छा

 

 

 

 


Last edited: 31-Mar-13 09:57 PM
Read Full Discussion Thread for this article