Posted by: fucheketo March 30, 2013
आशा दिदी
Login in to Rate this Post:     1       ?         Liked by
 Buzz and Smaran- yup She came Finally,.....

अर्को भाग अघी वढाउने अनुमति चाहन्छु

भाग-४

आशा मात्र दृष्टीको दिदी हो नि ! मेरो मनमा उठेको पहिलो सोच थियो।कथा त्यहि समयको त्यो सम्वन्धवाट डोरिइनु परेकोले अहिले दिदी शव्दलाई म थोरै विश्राम दिँदैछु।कथामा शव्द शव्दका अर्थ हुन्छन् दिदी शव्द जवसम्म प्रयोग हुन्छ तवसम्म मेरो मनको भार हट्नछैन। म कथा सुनाउन सक्ने छैन।जीवनका घुम्तिहरुमा उ पनि कुनै सम्वन्धको भार नवोकी छिरेकी थिई। सारांशमा कथाको त्यो मोडमा उ मात्र आशा थिई।

आशा

म साँझमा छतमा थिएँ।विराटनगर पहिलेको जस्तो थिएन।हामी शहरको एक कुना जस्तोमा नै भए पनि पर परसम्म खेत देखिन्नथ्यो।घाम घरहरुको विचवाट अस्ताउँदै थियो।प्रकाश गुलावी थियो।लामखुट्टेको गुनगुन वढ्न थालेको थियो।म भने शुन्य प्राय भएर आफुले नै उडाएको धुवाँलाई नियाल्दै थिएँ।संसारले मलाई दुई चरित्रको व्यक्ति मान्न सक्छ,किनकी म घरमा पृथक हुन्छु वाहिर भन्दा! कहिलेकाहिँ सोच्छु "म मेरि माया गर्ने आमालाई किन कुरा लुकाउँछु ?" उत्तर पाउँदिन । खोज्न छोडिदिन्छु। म दुई चरित्रमै ठिक छु। यसलाई सामाजिक भाषामा मान्छे प्र्याक्टिकल भएको भन्छन्।

आशा पनि एकान्त खोज्दै हुन सक्छ छतवाट उक्लिएको मैले देखेँ।मैले हत्तपत्त सल्किएको चुरोट निभाएँ।म चाहन्न मैले समाजको अघी ठड्याएको अर्को मको स्वरुप झर्यामझुरुम होस् एउटा चुरोटले।


"विहेको माहौल मन पर्दैन हो ?" उसले नै कुराको शुरुवात गरी!
"किन र?" मैले अचम्म माने जस्तो गरेँ।

"एक्लै छतमा किन त ?"

"मलाई भिँडभाँड मन पर्दैन खासै!"

"त्यो भनेकै पहिलो प्रश्न हैन र ? विहेको माहौल भिँडभाँड !" उसको मुस्कानमा धेरै रंगहरु थिए।केहि अस्पष्ट आकृति थीए। सरल पक्कै पनि थिएन उसको मुस्कान।

"कैद कसलाई मन पर्छ र ? त्यसमाथी जन्मकैद !" मैले सपाट उत्तर फर्काएँ।
"कैद किन र?"
"विहे भनेको सिमा तोकेको त हो नी ! मान्छे त स्वच्छन्द हुनुपर्छ ! पखेटा फिँजाउनुपर्छ,उड्नुपर्छ!"
"केहि सम्वन्धहरु आकार नपाउन्जेल छताछुल्ल हुन्छन्,पोखिन्छन! वोक्ने भाँडो चाहिन्छ !"
"छताछुल्ल भएर त यात्रा तय गरिन्छ ,आकार त स्थिर हुन्छ !" मैले उसलाई नियाल्दै जवाफ फर्काएँ। एउटा गम्भिर भेष ! उसले मलाई तानेकी थिई। कुर्ताको टप ,जिन्स प्यान्ट अधवैँशे अनुहार ! करिव म भन्दा पाँच छ वर्ष जेठी हुनुपर्छ उ! अहिलेसम्म का केटीहरु भन्दा पृथक। अहिलेसम्म मेरो वरालिने मनले वरालिने मनलाई नै भेटिरहेको थियो।खहरेहरु रातका भेल वोकी आउँथे,दिनको प्रकाशमा उनीहरु सुके जस्ता हुन्थेँ, तिर्खा जस्ता को तस्तै,यात्रा जस्ताको तस्तै !दिन फेरि अर्को खोजमा वित्थ्यो। एउटा स्थिर समुन्द्रले मेरो मनमा पौडि खेल्ने गरीको काउँकुति लगाएको नै थियो त? जहाँ गहिराई थाहा हुन्न,त्यहाँ डुव्नुको मजा नै वेग्लै!

"कहिलेकाहिँ गति हानीकारक हुन्छ,विशेषत लक्षको उल्टो हिँडियो भने !"
"लक्ष थाहा नपाइकन पक्डेको गतिको फेरि अलग्गै नशा हुन्छ !"
"आ-आफ्नो सोचाइ हो !" उसले थोरै भुइँमा झुक्दै जवाफ फर्काई।
 "तँपाइको सोचाइ के हो त ?" मैले तँपाई नै भनेर सम्वोधन गरेँ। तिमीमा झर्ने मैले हालसम्म अनुमति पाएको छैन। अनि उ म भन्दा जेठी नै पनि थिई।
"कहिलेकाहिँ उत्तर नहुने प्रश्नहरुले पिरोल्छन् ! म तल झरेँ ल, पछि कुरा गरौँला ! तिमी साह्रै रमाइलो कुरा गर्छौ! अनि नडराए हुन्छ,म चुरोटको लतको वारेमा कसैलाई भन्नेछैन! ह्याप्पी स्मोकिंग एण्ड सरी टु वदर यु !" 

उ हाँसी , केहि त छ उसको अनुहारमा ! त्यो पिडा हुनुपर्छ! हाँसोमा मिसिएर एउटा अनौठो रंग वनाउँछ अनुहारमा ! एउटा रहस्य पोत्छ क्यानभासमा !
********* ********** ********* ********** ********* ********* ************
"तेरो आशा दिदी वस्ने चाहिँ कहाँ हो?" मैले दृष्टीलाई प्रश्न राखेको थिएँ हामी दुइजना मात्रै हुँदा। आमा मैले केटी मान्छेको चासो लिएको राम्रो मान्नुहुन्न। फेरि आशा त आइमाइ थिइ होला आमाको नजरमा, म भन्दा जेठी हुनाले!
"तेरो पनि दिदी नै हो, जेठी हो धेरै !" मनमा चस्स विझ्यो। किन दिदी भन्नु ? जेठी भन्दे त भइगो नी !
"घर कहाँ हो वहाँको ?" मैले प्रश्न गर्न छोडिन।
"कुलेश्वर तिर होला वसाइ !" उसको उत्तरमा सोधे भन्दा वढी केही आएन। सामान्यतय केटी मान्छेहरुलाई एउटा प्रश्न गरेपछि उधार्न सजिलो हुन्छ। तर दृष्टी अपवाद निस्किई, उसले उसलाई थाहा भएका धेरै कुरा लुकाए जस्तो लाग्यो। के उसले मेरो आशय वुझि त मनमा डर लागेर आयो। यहाँ मलाई समाजको पनि त डर छ।
"को को वस्छ र सँगै ?" मनमनैँ सोचेँ जे सुकै सोचोस् दृष्टीले !मैले के नै गरेको छु र अहिलेसम्म !
"वुढाले छोडेपछी,वसाई एक्लै छ !"
मन एक तमासको भो !उसको गम्भिर अनुहार अनि छतको वार्ता सम्झेँ "कहिलेकाहीँ उत्तर नभएका प्रश्नहरुले पिरोल्छन् !" त्यसो भए आशाले उत्तर नभएका प्रश्न कोट्याइ नै किन त ? उसलाई थाहा थियो त्यो प्रश्न आउँछ , उ सँग उत्तर हुने छैन भन्ने। आखिर मेरो अघि निरुत्तर हुने रहर किन ? शायद उसले मलाई जाँच्न चाहेकी थीई, उसको रहस्यमा मेरो जिग्यासा कति भन्ने ! जव मान्छे सम्वन्धसँग वाक्क हुन्छ , उसले एकान्त खोज्छ तर सम्वन्ध र एकान्त दुवै सँग वाक्क भएको मान्छेले म जस्तो साथी खोज्छ। शायद आशाको खोज ममा आएर टुंगेको थियो। मन फुरुंग भयो, म फेरि धैर्यवान भएको छु, सहि समयको खोजीमा !

क्रमश:
Read Full Discussion Thread for this article