Posted by: somewhereondearth March 28, 2013
दमयन्ती
Login in to Rate this Post:     0       ?        
 अन्तिम भाग

एउटा युद्ध हुन्छ, त्यसमा विपक्षी हुन्छ, जित हुन्छ, हार हुन्छ । अर्को नदि हुन्छ, त्यो आफैं बगिरह्छ, अपवादहरुबाट मुक्त, सागर छुन्छ । यि दुई को कडि नै फरक छ । अनि एउटा संम्झेर अनुभव संगाल्दै जाँदा बीचैमा अर्को भएको भेउ पाउँदा गाह्रो हुन्छ। यो अनुभव जटिल हुन्छ । त्यति बेला न यो युद्ध रहन्छ न बहाव । मेरा हात सफा थिए, निकै युद्ध लडेको योद्धा जस्तो ।  मैले अरु केटी सजिलै छोप्न नसकेको होइन । तर तिमीसँगको जीत, जीत नै लागेन, यो फरक थियो । म तिमीसँग को सम्बन्ध म युद्ध संम्झेर लडेको । यो युद्ध हुनबाट तुह्यो, भावनाको बहावको संज्ञा पनि लिन सकेन । । जब ब्यस्तता हराउँछ, बोकेको भार गह्रौं हुँदै जान्छ । तिमी माथिको सजिलो विजय मलाई बोझिलो हुन थाल्यो, म त्यसैमा जडिए । । तिमी संग जति भेट्थे त्यती टाढा हुँदै गए,  तिमी सँग पनि म सँग पनि। तिमीसँगका सम्बन्धबाट म भित्रको म निसासिन थाल्यो । मेरो हाउभाउ बिस्तारै परिवर्तन हुन थाल्यो । भित्र हजार विचार पाक्दै थिए, केहि ब्यवहार मा उछिट्टिए । लोग्नेमान्छे एकोहोरिएको राम्रो देखिएन । साथीभाईले सोध्न थाले । भन्नेले भनि दिए, खुला पंक्षी थियो मायामा बाँधियो । मेरो परिवर्तित हाउभाउ मा माया को लेप लाग्यो । एउटा संज्ञामा म बयान भए । तर दमयन्ती, मेरो सत्य फरक थियो । मेरो मनको आँधि अर्कै थियो ।

माया बहाव हो, यसको आकार हुँदैन । यो एकोहोरो हुन्छ, अपवादहरु बाट मुक्त । त्यसैले त प्रेमीहरुलाई पागल भन्छन् । म पागल थिइन, मलाई मेरो सत्य थाहा थियो । तिमीसँग माया कहिले पलाउन पाएन । म तिम्रा लागि एकोहोरिइन । म त नारी स्वादको युद्ध लड्ने लाठे, माया त मेरो लागि अर्कै आयाम थियो । तर यहाँ ठेस जित हारको पनि थिएन ।

तिमी झन राम्री हुँदै गयौ । झन मादक हुँदै गयौ । तिम्रो अदृष्य खसम कहिले समस्या भएन । तिमी निपूण भइसकेकि थियौ । बैवाहिक चोरी मलाई पचिसकेको बिषय बस्तु थियो । म अर्को पाटोमा कहिले उभिइन, त्यो भाव मलाई थाहा भएन । मेरो पाटोमा स्वाद थियो, म चाख्दै गए । कहाँ काँचा केटिको जीउ, कहाँ तिम्रो । कहाँ तिनको अनभिज्ञता/कौतुहलता, कहाँ तिम्रो कलाकारीता । तिमीलाई आज म सत्य लेख्दै छु । मैले बिशिष्ट अनुभव पाए । यो त एउटा अनुभवि बरको दाँई जस्तो थियो ।

अनि तिम्रो निपूणताले मलाई मेरो मनमा गढेको द्वीचारले बिस्तारै आकार पाउँदै गयो  । मेरो समस्या जीत हार भन्दा पनि योद्धाको अस्तित्वको थियो ।  जितले खुसी दिन्छ, म खुसी थिए । कहिले काँहि आक्कल झुक्कलको हाम्रो सम्बन्ध नियमित नै हुन थाल्यो । ब्यस्त त भए, तर सजिलै जितेको ठूलो युद्ध, केहि छुटेको जस्तो भयो । मेरो क्रान्तीको पहिले झिल्को त्यहि थियो ।
मैले घटना हरु केलाउँन थाले, कोट्याउन थाले । अनि जति जति सम्झँदै गए, त्यति बिचारले दिशा लिन थाल्यो । । म पो माछा रहेंछु, जाल त तिमीले फालेको रहेछ । म केटी फकाउँदै उनको शरिर भोग्ने जादुगर । योद्धा त तिमी रहिछौं, म त मेरै युद्धको पात्र । जित एउटा शिखर हो, जित्ने तरिका अर्को । मेरा अनेक शिखरको चुमाई, तिमीले कति सजिलै खंङ्ग्रङ्ग पार्यौ । यो चोट ठुलो थियो । कला जे सुकै होस, जब कोरिरहेको चित्रको आकारले आफैंलाई कोरिरहेको सत्यबोध हुन्छ, अनुभव घनघोर हुन्छ ।  तिमीले मेरै कलाकारितामा मलाई जितेकि रहिछौं । मलाई मेरो सत्यबोधले कट्कटी खायो ।

हो त्यहि बेला तिमीले चिठी लेख्यौं । तिम्रा प्रश्नहरु त पढें । तर म लल्याक-लुलुक्क भएर बसेको थिए । उत्तरहरु त थिए, तर बाक्य बनाउन सकिन । बुद्धत्व पाउनु एउटा कुरा होला, त्यसलाई बताउन सक्नु अर्कै । निर्वाण सम्भोगको मीलन बिन्दु जस्तै हुन्छ जहाँ भुत भविष्य र बर्तमान गाभिन्छ । समयको आयाम त्यो क्षणलाई हराउँछ । त्यसपछिको शिथिलता तिमीले पनि राम्ररी जान्दछ्यौं । म मेरो यथार्थता को बुद्धत्व पछिको शिथिलतामा थिए ।

म अशोक बनेर स्तम्भ बनाउदै हिड्न थाले । समाजका काम गर्न थाले । तिमीलाई उत्तर दिन खोजे  तर ढिलो भइसकेको थियो । तिमी बिवाहित नारी, तिम्रा आफ्नै कमजोर पाटाहरु थिए । तिमीले ढाक्न पर्थ्यो, जोगाउन पर्थ्यो । एउटै पात्रमा निकैबेर अड्कन नहुने त त्यो खेलको नियम नै हो । तिमी किन कुर्दथ्यौ त !

अनि आज म यहाँ छु, समयको यो कुनामा । दिन बितेकै छन् । म अझै भावनामा बग्न सकेको छैन । यो नियोजित हुँदैन, आयो भने बगाउला । न आए पनि समस्या छैन ।  अलिबेरको अनुभव पछि, अशोक पनि मलाई मुक्त लागेन । म अचेल युद्धको पश्चातापमा स्तम्भ बनाई हिड्दिन । म मनमोजी नै छु, खालि मोजको परिभाषा अलग छ । एउटै कुरामा पीडित छु , तिम्रो जवाफ । आफूलाई टटोल्दा, यहिं गाह्रो हुन्छ, त्यसैले तिम्रो चिठीको उत्तर लेखेको । म त मेरा विचारको लँडाईले छुट्टिए तिमीसँग । मलाई तिमीसँग न गुनासो छ न आभार । आशा छ यो चिठी तिमी सम्म पुग्छ, यो सत्य तिमी सम्म पुग्छ ।
 
यति नै ।
 
meaninglessthinkings@somewhereondearth
Read Full Discussion Thread for this article