Posted by: Rahuldai March 27, 2013
मुनामदन लक्ष्मी प्रसादले चोरेको कृति !!!
Login in to Rate this Post:     4       ?         Liked by
 अघि भोजन अवकाश अघि नै यस धागोमा बाघ दाइको पुरानो पोस्ट खोज्दै थिएँ, भेटाउन सकिन . बाघ दाईले भेटाउनु भयो भने पोस्तिनु होला नै . 
 
बाघ दाई ले यहि प्रसङ्गमा म संग केही जिज्ञासा राख्नु भएको थियो . नेपाल भाषाका महा कबि चित्तधर हृदयको सुगत सौरभ भन्ने महाकाव्य संग देबकोटाको मुनामदनको कथा केही हद सम्म मिल्न गएकोमा दुइ मत छैन. कथाको सार मिल्नु र चोरेको भन्नु मुर्ख्याइ हो. एउतै घटना, एउतै दृश्यबात कथाहरु जन्मिञ्छन, चित्रहरु कोरिन्छन , कविताहरु कल्पिन्छन ... तर कल्पना शैली , रचनाको गहराई र प्रस्तुती फरक फरक हुन सक्छन नै . 
 
महाकबि देबकोटा र महाकबि चित्तधर समकालीन साहित्यकार थिए. मुनामदन जस्तो चर्चित  रचना कबिबर हृदयज्यूले पढ्नु भएन भन्ने कुरामा बिश्वास गर्न सकिन्न. आफ्नो रचनाको यदि चोरी भएको भए हृदयज्यू ले त्यति बेला नै कुरा उठाउनु हुन्थ्यो नि .मैले  कबि चित्तधरज्यू संग भेट गरेको छु , धेरै समारोहहरुमा  भाग लिएको छु . कतै चोरीको कुरा सुनिएन. अहिले आएर केही उपबुज्रुकहरु जातिय सदभाव बिथोल्न नेवार र गैर नेवार बीच फाटो ल्याउन लागि परेका छन् . र सबै जना त्यस्ता कलुषित मनको आग्रहमा पूर्वाग्रही हुने छैनन . 
 
महाकबि देबकोटा को अद्वितीय प्रतिभा माथि मैले केही भन्नु पर्दैन नै . उहाँ का कृतिहरु नै आफै प्रमाण हुन् . 
 
नोट: यो राहुल भाइ नेपाल भाषा (नेवारी बोल्ने)  लेख्ने नेपाली मध्ये कै हो. नेपाल भाषाको भाषिक आन्दोलन देखि नेवारी संस्कृति को जगेर्ना गर्ने अभियानमा सधैं अग्रपंक्तिमा  रहने मध्ये एक हो . तर नेपाली नेपाली फुटाउने जंगली दुष्प्रयास बिरुद्ध मशाल बोक्नेहरुमा पनि अग्रपंक्ति मै छु , चेतना भया ....
 
Read Full Discussion Thread for this article