Posted by: Geology Tiger March 27, 2013
मुनामदन लक्ष्मी प्रसादले चोरेको कृति !!!
Login in to Rate this Post:     2       ?         Liked by
हुनसक्छ लक्ष्मीप्रसाद देवकोटाले तात्कालिन नेवार समुदायमा प्रचलित कथावस्तुमा आधारित रहेर मुनामदन लेखे । तर उनले पुरै कथा सरेका हुन् कि कथाबाट प्रभावित मात्र भएका हुन् कि अथवा यो उनी माथिको एउटा आरोपमात्र हो त्यसको राम्रोसँग अध्ययन हुनु जरुरी छ । नेवारी र नेपाली भाषा, साहित्य र ईतिहासको राम्रो जानकारी भएका र साम्प्रदायिक संकिर्णताबाट माथी उठेका व्यक्तिहरुबाट मात्रै यो बिषयमा केही सत्यतथ्य जानकारी प्राप्त हुनसक्छ । केही समय अघि साझामा राहुलभाइलाई मैले नै यो बिषयमा प्रश्न तेर्साएको थिए । गोर्खा भाषा प्रकाशिनी समितिको नेपाली बाहेकको अरु भाषालाई दवाउने प्रयासको बारेमा यदाकदा सुनिदै आएको हो ।

तर दु:खको कुरा के हो भने ईतिहासलाई सच्चाउने नाममा अहिलेका विद्वानहरु जातीय अथवा साम्प्रदायीक भावनाबाट प्रेरित भएर धमाधम ईतिहासलाई बङ्याउन लागेका छन् । उदाहरणको लागि रामकुमार श्रेष्ठले अनुवाद गरेको तात्कालिन काठमाडौंको ईतिहासले के भन्छ भने कप्तान किन्लोकको नेत्रित्वमा आएको अङ्रेज सेनासँग गोर्खाली सेनाले लडेको जस्तो नाटक मात्र गरेको थियो र त्यो सेनालाई जयप्रकाश मल्लले नभई पृथ्वीनारायण शाहले नै बोलाएका थिए । भयो अब ! गोर्खाली र अङ्रेजहरु मिलेर त्यो बेला नाटक गर्नुपर्ने आवश्यकता किन पर्‍यो होला कुन्नी ? अनि बेलाबखत साझामा धर्केद्वारा पोस्टिने लेखहरुका लेखक सौरभको कथनले भन्छ नेपालमा कुनै किराँतकाल नै थिएन, किराँत राजाहरुले राज्य नै गरेका थिएनन् । ल अब यसलाई पत्याउने कि नपत्याउने ? चिनियाँ यात्री हुआन सानले बर्णन गरिदिए कि राजा सुद्दोदनको राज्य लुम्बिनीबाट कुन्नी कति हो लि (चिनियाँ नाप एकाइ) पर पर्छ । अब यही मात्र आधार बनाएर हेर्दा कपिलवस्तुमै राजा सुद्दोदनको दरबार थियो भन्ने नेपालको दावी मिलेन र भारतीयहरुले राजा सुद्दोदनको दरबार उत्तर भारतमा रहेको दावी गरे । अब त्यो चिनियाँ यात्रीहरुले कसरी त्यो दूरी नापे र उनीहरुले नापेको दूरी गलत पनि हुन सक्छ भन्ने कुरालाई पुरै वेवास्ता गरेर खाली त्यसकै भरमा ईतिहास स्थापित गर्न खोजेर पनि कही हुन्छ होला ? त्यसो त बाल्मिकीको रामायण चोरेर होमरले इलियड र ओडिसी लेखेका हुन् अथवा होमरको इलियड र ओडिसी चोरेर बाल्मिकीले रामायण लेखेका हुन् भन्ने पनि थुप्रै छन् । यो त उही 'conspiracy theory' रचे जस्तो एउटा सानो कुरा पायो कि त्यसमा अरु कहानी बुन्दै बुन्दै पुरै जालो तयार पार्दिन्छन् । यसमा कति पत्याउने र कति नपत्याउने ?

अब यो aashisme जस्तो भाडाको टट्टुहरुलाई चाँही एउटा सानो कुरा पाए पछि पुच्छरमा आगो सल्किहाल्छ, त्यसपछी त बुर्लुक्क बुर्लुक्क !  
Last edited: 27-Mar-13 12:45 PM
Read Full Discussion Thread for this article