( अतिकन हे ब्वने बह:गु विधु कायष्थजुयागु च्वसू शेयार याना च्वना - द नेवा:)
राणा प्रधान मन्त्री चन्द्र शम्शेरको पालामा बनारसी बाहुन राम मणी आचार्य दीक्षितले नेपालका मुलबासीहरुको ३०,००० थान इतिहास र साहित्यका कृतीहरु जलाएको कुरा शोधकर्ताहरुले प्रस्ट पारी सकेका छन् । त्यसपछी बिस २००५-७ साल तिर पुष्कर शम्शेर राणाको मातहतमा नेपाली भाषा प्रकाशिनी समिति ( जस्को सुरुको नाम गोर्खा भाषा प्रकाशिनी समिति थियो) ले केहि भाडाका लेखकहरुलाई जागिर खुवाएर मुलबासिहरुको साहित्य चोर्ने र त्यसलाई पर्बते भाषा उल्था गरी आ-आफ्नो किर्ती भनेर छापिन सुरु गर्यो । त्यसमध्यको लक्ष्मी प्रसाद देवकोटा भन्ने बनारसी बाहुनले नेपाल भाषाको एउटा काब्य चोरेर 'मुना मदन' बनाएको मैले बाल्यकालमा सुनेको थिएँ । अहिले त्यो कुरा को बिस्तारै पुष्टी हुँदै छ । बिगत ५ महिना को मेरो संघियता यात्र मा फेरी यो कुरा मैले हाल हेटौडा निवासी एक जना प्रतिष्ठित नेवा: जेस्ठ नागरिकबाट पनि सुने । उहले मुना मदन को मुल किर्ती नेपाल भाषाको रहेको र त्यस्को केहि हरफहरु अझै आफुलाई लयाबद्ध सम्झना भएको सुनाउनु भयो । मुना मदनको मुलकृती नेपाल भाषाको रहेको र त्यस्को केहि हरफहरु अझै आफुलाई लयबद्ध सम्झना भएको उहाँले सुनाउनु भयो जो यस्तो छ -- (नव बिबाहिता बुहारिले सासुलाई गुनासो गरेकि) । । । ।
जि वैगुला निलाहे मदुनि माजु
सँदेसे वने धाल छि काय भाजु ।
यस्को अर्थ -- म दुलही भएर भित्रीएको महिना दुइ महिना नै भएको छैन सासु आमा, हजुरको छोरा भोट देश जान्छु भन्छ .......
मुना मदनमा बाहुन को छोरा नव बिबाहित दुलहिलाई छोडेर धन कमाउन भोट (तिब्बत्) गएको गाथा छ । तिब्बत मा ब्यापार गर्ने परम्परा नेवा: समुदायको थियो । कुनै पनि काल्खण्ड्मा ( मुना मदन को प्राक्षान को काल खण्ड्ड र सो भन्दा अघाडी को काल खण्ड मा) बाहुन समुदायमा तिब्बत गएर ब्यापर गर्ने परमपरा थिएन । यो हिसाबले पनि लक्ष्मी प्रसाद देबकोटाले मुना मदन नेपाल भाषा साहित्यबाट चोरेको देखिन आउछ । यसबारे बिद्वान मित्रहरुलाई थप अनुसन्धान गर्न सबिनय अनुरोध छ ।
मित्रहरु !!! बाहुनहरुले मुलबासिहरुका अनेकौ कृतीहरु चोरेको उजागर हुनु जरुरी छ।