Posted by: Tmobile March 24, 2013
Proud to be Gurkha !!!!!
Login in to Rate this Post:     0       ?        
 

मलेसियामा नेपाली र स्थानीयवीच झडप, ६ जनाको ज्यान गएको गृहको दावी

 

१२ चैत, क्वालालम्पुर । मलेसियामा जोहोर राज्यको पासिरगुडाङस्थित तामान चिन्ताना क्षेत्रमा नेपाली र स्थानीय मलेसियन नागरिकहरु विच झडप भएको छ । घटनामा नेपाली १८ जना नेपाली घाईते भएको जोहोरस्थित हाम्रा सम्बाददाता भिम तामाङले जानकारी दिए ।

काठमाण्डौमा गृहमन्त्री माधवप्रसाद घिमिरेले घटनामा ६ जना नेपालीको ज्यान गएको बताएपनि क्वालालम्पुरस्थित नेपाली दूतावासले भने त्यसको पुष्टी हुन नसकेको जनाएको छ ।

‘हल्लाका भरमा केही भन्न सकिन्न, कति जनाको मृत्यु भयो भन्ने यकिन हुन अझै केही समय लाग्छ’ दूतावासका श्रम सहचारी अमलकिरण ढकालले अनलाइनखवरसँग भन्नुभयो-’दूतावासका कर्मचारी त्यहाँ पुग्दैछन, त्यसपछि मात्र यकिन जानकारी आउला ।’

दूतावासको टोली बिहानै क्वालालम्पुरबाट जोहोरतर्फ लागेको छ । त्यहाँ पुग्न अझै सडकमार्गबाट कम्तीमा चार घण्टा लाग्छ ।

घाइते नेपालीहरुलाई सुल्तान अस्पतालमा भर्ना गरिएको छ । त्यहाँ पुगेका हाम्रा सहकर्मी भीम तामाङले अस्पतालले मृतक र घाइतेको संख्याबारे केही बताउन नचाहेको जानकारी दिए ।

कसरी भयो घटना ?

घटना नेपाली र स्थानीय मलेसियन नागरिक विच सामान्य रुपमा भनाभन बाट सुरु भएको वताईएको छ । सामान्य भनाभनवाट उग्ररुप लिए स्थानिय युवाहरु कम्पनीको होस्टलमा प्रवेश गरेर कुटपिट थालेको वताईएको छ । प्रहरीले घटना नियन्त्रणमा लिन नसकेपछि स्थ्ाानिय प्रशाशनले कर्फयु सम्मको आदेश जारी गरेको थियो । प्रत्यक्षदर्शी नेपाली श्रमिकहरुका अनुसार प्रहरीले केही राउण्ड हवाईफायरसमेत गरेको थियो ।

Read Full Discussion Thread for this article