Posted by: nepalilaure March 24, 2013
Rekha Thapa Talk about her comment about Neplease in USA
Login in to Rate this Post:     0       ?        
sidster जी,
रेखा ९ क्लास फेल होइनन है , उनैले भनेकी छन् , SLC पास गरेपछि फिलिम खेल्ने बेस्त्यताले गर्दा क्यम्पुस पदना पयिनन रे | अनि फेरि औपचारिक डिग्री ले मात्र होइन मान्छे स्वअध्यानन र अनुभवले पनि शिक्षित र ज्ञानी हुन्छ |

जसले जे भनेपनि नेपालको टप हेरोनि भएकोले उनले भएको कुराले धेरैलाइ असर गर्छ | मेरो बिचारमा शिक्षाको स्तरले average नेपालीहरु उनलाइ मन पराउने अनि उनीबाट प्रभावित हुने टन्नै छन् | तेसैले average स्तरको नेपालीलाई प्रभावित गर्ने मान्छेलाई 'एसले बोलेको के ध्यान दिने, सुन्यो उडायो' भन्न मिल्दैन | बरु अलिकति भएपनि इन्लाई level मा ल्याउने कोशिस गर्नु पर्चा जस्तो लाग्छ | मलाई त लाग्दै छ यिनको राजनीतिक महत्वोकांचा पनि निकै ठुलो छ , नेत्रित्वो मा पुगेपछि पनि येस्तै हर्कत देखैयिन भने के हुन्छ ? राजनीतिक नेत्रित्वो अलि पछि को कुरो भए पनि चलचित्र संस्थानको अधक्ष्य बन्नलाई त निकै जोड गरेकी हुन् नि इनले ( धन्न धन्न हुनै पुगेकी , बालुवाटारमा हिसिलालाई भेटेर बाहिर आएर पत्रकारलाई फोन गरेर मैले प्रधानमन्त्रिलाई भेटे -मेरै हुन्छ होला भनेकी )|

कसैले भन्ला खाली राजनीकि कुरो ल्यौचा भनेर , तर "एस्तो हावादारी कुरा गर्ने , आधी हतियार खोलाले बगायो रे, अनि UN जादा छोरालाई computer operator बनाएर लागेको भन्छ " येस्ताको कुरा seriously लिनु पर्दैन भन्ने मान्छेहरु बल्ल देख्दैछन् प्रचण्डको भूमिका कस्तो दरो हुदै आएको छ | मेरो भनाइ रेखाका सबै दर्सक ५ किलास फेल भएपनि रेखालाई र सकिन्छ भने उनका दर्सकलाई   पनि सचेत गराउनु पर्छ | राजेश हमालजस्ता लाई फुलेर बस्दै ठिक्क छ, तेसैले फिलिम सम्बन्धि नीति निर्माण तहमा जाने येस्तै येस्तै मान्छे हुन् , तेसैले  यिनिजस्तालाई यिनको धरातलीय यथार्थ थाहा दियो भने नेपाली फिलिमलाई राम्रै गर्छ |
Read Full Discussion Thread for this article