Posted by: Juggy March 22, 2013
Short story < 50 words
Login in to Rate this Post:     2       ?         Liked by
सुर्य त्यो दिन फेरि उदायो, शायद अँध्यारो रातको न्यास्रो र तिर्सना उसलाई अझै प्यारो थियो क्यारे खोलेको आँखा नि उसले बिस्तारै बन्द गर्यो।
"तिमीले मलाई यस्तो गर्न पाउदैनौ, बिर्स्यौ हाम्रो बाचा?" सुर्यको किरणले उसलाई बोलाउदै थियो। 
रातको निस्पट्ट अन्ध्यारोसंगको लसपस शायद उसले छोड्न सकेन, सुर्यका किरण क्रमश: बिस्तारै धुमिलिन्दै गए ।
Read Full Discussion Thread for this article