Posted by: jhaukiri March 19, 2013
दाई उठ्नुस ...बिहान भयो !!
Login in to Rate this Post:     4       ?         Liked by
 दाई उठ्नुस ...बिहान भयो !!
 
दाई उठ्नुस ...
बिहान भयो |
रुखका चराले चिसो सिरेटोलाई
सुरिलो धुन बनाएर गाउन थालिसके..
बुढो सुर्य पनि जुर्मुराऊदै अजंगको पहाड चडदैछ 
दलिनमा घुसारेको बीऊ लिऊ 
र छरौ 
स्वतन्त्रताका सासहरु ........!!
 
थकानले चुर भएर सुत्नु भा"को होला........ 
प्रतिगमनका डल्लाहरु फोर्दा फोर्दै  तंपाईका
हातमा उठेका ठेलाहरु नदेखेको होइन....
कुलोमा बगेको रगतको खहरे भित्र आफ्नो 
प्रतिबिम्ब खोज्न थामिएका आँखाहरु ...
अब उघार्नुस ....
बिहान भयो !!
 
कसरी लड्नु भो त्यत्रा भुसतिघ्रेसंग...... 
हाम्रै मासु खाएर ..हामीलाई लिलिपुटका 
आदिम मानिस बनाउने ती असत्तिहरुसंग  
हामीभन्दा एक वर्गमाथि उठेकाहरु 
आज लाखापाखा लागेका छन् .....
तोरीका गेडा जस्तै यता उता भागेका छन् ........
हिजो रातभर मुक्तिका असिनाहरु बर्सिए..
उठ्नुस दाई........ आज अराजकताको भेल रोक्नु छ !!
 
धेरै भयो............ तंपाई यसरी नसुतेको,
घामको सिरानी हालेर,
अगेनाको खरानी फालेर
त्यही घामको किरणमा परिबर्तनको राप आ'को छ 
खरानीको लप्को नै त सर्बब्यापी भा'को छ 
त्यसैले दाई उठ्नुस ...
पोको पारौं ..........
जलेको देश !!!!!!!!!
 
Read Full Discussion Thread for this article