Posted by: blog March 19, 2013
[Sajha Answers] I am Rekha Thapa
Login in to Rate this Post:     1       ?         Liked by

रेखा

हजुर को जवाफ सुनेर म एकदमै खुशी छु र हजुर संग बनेपा मा गएर आइस क्रिम खाने कुरा अहिले नै सोच्दै दंङ्ग हुदैछु,
नेपाल आएर हजुर लाइ यहि साझा मेल बाट मेल पठाउला तर मेरो बुवा एक दम कडा स्वभाब को हुनु हुन्छ, नेपाली हिरोनी हरु त मन पराउनु हुन्न, कति पटक मैले भित्ता मा टासेर राखेको तपाइको कति वटा तस्बिर हरु समेत च्याटचुट पारिदिनु भैसक्यो
म तपाई संग बनेपा गएर आइस क्रिम खाएको बुवा ले थाहा पाउनु हुनेछ भनेर असाध्यै डर लागिराखेको छ
फेरि आफु बिहे गर्नु पर्ने मान्छे, फेरि म हजुर संग घुम्न गएको थाहा पाएर केटो त केटि हरु घुमाउदै हिड्छ भनेर थाहा पाएर केटि दिन आएन भने मेरो बिहे गर्ने धोको पनि पुरा नहुन सक्छ,
रेखा, म के गरूँ

उही तिम्रो हुन नसकेको मन को राजा
ब्लग

Read Full Discussion Thread for this article