Posted by: Sajivan March 18, 2013
Why India Killed Nepal Monarchy?
Login in to Rate this Post:     0       ?        
A New Article

रेग्मीज्यूलाई सगरमाथाभन्दा अग्लो बन्ने अवसर


पञ्चायती संविधान २०१९ ले मुलुक हाँकिरहेको बेला ०३१ सालमा तत्कालीन राजा वीरेन्द्रले आफ्नो शुभराज्याभिषेकको अवसरमा आएका विदेशी पाहुनासमक्ष नेपाललाई शान्तिक्षेत्र घोषित गरियोस् भनी राखेको प्रस्तावमा धेरै मुलुकले समर्थन गरेका थिए। तर, छिमेकी मुलुक भारतले समर्थन गर्न बाँकी रहेको अवस्थामा ०४६ को आन्दोलन चर्कियो र ३० वर्षसम्म एकछत्र मुलुक हाँकेको दलविहीन निर्दलीय पञ्चायत व्यवस्था विस्थापित हुन पुग्यो। संगसंगै शान्तिक्षेत्रको प्रस्ताव पनि क्षतविक्षत भयो। विचारणीय कुरा के छ भने पञ्चायती व्यवस्थाको अवसान गराएर शान्तिक्षेत्रको प्रस्ताव तुहाउने डिजाइनरहरूले यो मुलुकलाई शान्तिको जग भत्काएर अशान्त पार्दै वर्तमानको अवस्थामा ल्याइपुर्या।उने योजनारूपी जाल त्यतिबेलादेखि बुन्न सुरु गरिसकेका रहेछन् भनेर अड्कल गर्न कठिन छैन। 
दुई वर्षमा मुलुकलाई नयाँ संविधान दिन्छौँ भनेर वाचा–कबोल गरी अन्तरिम नामधारी संविधानमै व्यवस्था गरेर हिँडेका दलीय नेतृत्वहरूले चार वर्षमा पनि संविधान दिन नसकेर गत जेठ १४ गते संविधानसभा विघटन गराए, तर अन्तरिम संविधान मरिसकेको अवस्थामा स्वतः पुनर्स्थापना भइसकेको २०४७ सालको संविधानलाई क्रियाशील गराउन लाज माने। अर्कोतिर फेरी संविधानसभाको निर्वाचन गराउने भन्दै नेपाली जनतालाई झुक्याउन पल्केकाहरूले नौ महिनापछि दलविहीन सरकार बनाउने भनेर सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मीलाई निर्दलीय सरकार हाँकेर बहुदलीय निर्वाचन गराइदिनुपर्योे भन्दै यो मुलुकमा फेरि पनि जनता झुक्याउने प्रपञ्च गर्दैछन्। आफैँ मृत्यु भइसकेको अन्तरिम संविधानमा पस्ने कुनै पनि ढोका बिल्कुलै नभएको जान्दाजान्दै संविधानको अन्तिम व्याख्या गर्ने अधिकार प्राप्त सर्वोच्च न्यायालयका प्रमुखलाई असंवैधानिक सरकारप्रमुख बनाउन अग्रसर हुने गैरजिम्मेवार नेताहरू र त्यस्ता असंवैधानिक सरकारप्रमुख बन्न तयार छु भन्ने वक्तव्य दिने प्रधानन्यायाधीश भएपछि कसले कसलाई कसरी के भन्ने? अनि बाँकी के रहने? 
एकपल्ट संविधानसभाको निर्वाचन भएर सो संविधानसभा मुलुकलाई नयाँ संविधान दिन नसकेर असफल भई मरिसकेपछि फेरि पनि संविधानसभाकै निर्वाचन गर्नुपर्छ भनेर नेपाली जनतासमक्ष झुटको खेती गर्ने लाचारीहरूले नेपाललाई नयाँ संविधान दिन्छन् भनेर आशा गरियो भने त्योभन्दा ठूलो धोका फेरि अर्को केही हुने छैन। विचारणीय कुरा के छ भने यी दलहरूले यो मुलुकमा कतिपल्ट संविधानसभाको निर्वाचन गराउँछन्? अब नेपाली जनताले विचार गर्नुपर्छ कि यी दलहरू मुलुकलाई नयाँ संविधान दिने पक्षमा छैनन्, केवल उनीहरू बारम्बार संविधानसभाको निर्वाचन गराएर सदासदाका लागि मुलुकलाई संविधानविहीनताको अवस्थामा राखिरहन चाहन्छन् अनि देश लुटिरहन पनि। अर्को विचारणीय कुरा के छ भने यिनीहरूले अध्यादेेशमार्फत संविधान संशोधन गर्न पाए भने 'नयाँ संविधान नबनेसम्म संविधानसभाको आयु सकिने छैन' भन्ने शब्द राखेर संविधानसभा निर्वाचन गर्छन् र सदासदाका लागि कहिल्यै पनि संविधान नबनाएर आजीवन ढलिमली गरी मुलुकको राष्ट्रिय अखण्डतामा खेलवाड गरिरहनेछन् भनेर अड्कल गर्न टाढा जानुपर्ने अवस्था अब बाँकी रहेन।
यतिबेलाको जटिल परिस्थितिमा असंवैधानिक प्रधानमन्त्री बन्न कस्सिने प्रधानन्यायाधीश खिलराज रेग्मीले आफ्नो जीवनभरिको न्यायालयको लगानी र उचाइलाई तिलाञ्जली दिएर अवैधानिक बाटोबाट प्रधानमन्त्रीको कुर्सीमा बस्ने दाउ गर्नुभएको हो भने, संविधानविहीन नेपाललाई संविधानयुक्त बनाउने लक्ष्य लिनुभएको छ भने तपाईंको मन्त्रिपरिषद्को पहिलो बैठकले गत जेठ १४ गते अन्तरिम संविधानको मृत्युसँगै तत्काल पुनर्स्थापना भइसकेको २०४७ सालको संविधानलाई क्रियाशील गराउने निर्णय गरोस्। कथंकदाचित प्रधानन्यायाधीशमै कायम रहेर प्रधानमन्त्री हुनुभएन भने २०४७ सालको संविधान क्रियाशील गराइपाउँ्क भन्ने रिट स्वीकार गरेर सर्वोच्च अदालतबाटै २०४७ सालको संविधान क्रियाशील भएको निर्णय सर्वोच्च अदालतबाट सुनाउने आँट गर्नुहोस्, यसो गर्नुभएमा तपाईंको उचाइ ह्वात्तै बढेर सगरमाथाको चुचुरालाई माथ गर्नेछ। नेपाली जनताले जयजयकार गर्नेछन्, धन्यधन्य खिलराज रेग्मीज्यू! राष्ट्रिय अखण्डता जोगाउनुभयो भन्नेछन्। त्यति मात्रै नभएर विश्वका महानेताहरू समेत तपार्इंको कार्यशैली देख्दा चकित पर्नेछन्। मौका तपाईंसामु आएको छ, नचुक्नु होला।



http://www.weeklynepal.com/feature/24803-2013-03-16-06-05-56

Read Full Discussion Thread for this article