Posted by: mahoday March 18, 2013
वाशिंगटन डी. सी. मा भानुभक्तको शालिक निर्माण हुने
Login in to Rate this Post:     0       ?        
विजय थापा 
मार्च १७, २०१३

 


अमेरिकाको राजधानी वाशिंगटन डी.सी.मा अन्तररास्ट्रीय नेपाली साहित्य समाज (अनेसास)द्वारा आयोजित भानुभक्त आचार्यको द्वि-शताब्दी कार्यक्रम अन्तरगत भानु वर्ष २०१३ को तेस्रो महोत्सव सम्पन्न भएको छ |  अमेरिकाकालागि नेपाली राजदूत महामहिम डा. शंकर प्रसाद शर्माज्युको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा अनेसासका संस्थापक तथा बोर्ड अफ ट्रष्टीका अध्यक्ष र  साहित्यकार श्री होमनाथ सुबेदीले अमेरिकाको राजधानी जस्तो ठाउमा हाम्रा आदिकवि भानुभक्तको शालिक निर्माण गर्न पाउनु एउटा गर्वको कुरा हो | अनेसास (केन्द्र) अध्यक्ष श्रीमति गीता खत्रीज्युले यसले नेपाललाई चिनाउनुको साथै नेपालीहरुको शिर उच्च राख्ने कुरा बताउनु भयो | महामहिम राजदूत डा. शर्माले यसमा राजदूतावासले गर्न सक्ने सहयोग गर्ने बचन दिनु भयो | शालिक निर्माणकोलागि कार्यक्रममा उपस्थित जन-समुदायबाट करिब ४००० (चार हजार) डलर उठेको थियो | अनेसास केन्द्रले शालिक बनाउन समन्यवको काम गर्न अनेसास डी.सी. च्याप्टरका अध्यक्ष श्री प्रकास नेपाललाई सुम्पेको छ |



यसै बीच अनेसास डी.सी. च्याप्टरका नव-निर्वाचित पदाधिकारीहरुलाई डा. गोपी उप्रेतीज्युले सपथ ग्रहण गराउनु भएको थियो | नव निर्वाचित पधारिकारिहरुमा अध्यक्ष प्रकाश नेपाल, उपाध्यक्ष लोकनाथ तिवारी, महा-सचिव सीता पाण्डे, सचिव- अरुण रुपाखेती, कोषाध्यक्ष- रामचन्द्र भट्टराई र सदस्यहरुमा सिर्जना मरासिनी, प्रेम पौडेल र प्रेम राजभण्डारी रहनु भएको छ |


नव-निर्वाचित कार्यसमितीले नेपाली साहित्यमा रुची राख्ने अमेरिकी नागरिक जोसेफलाइ मानार्थ सल्लाहकारमा नियुक्त गरेको छ|  साहित्यकार जोसेफले  र राष्ट्रपति बाराक ओबामाको तथा मिसेल ओबामाको बारेमा प्रकाशित २ पुस्तकहरु महा-महिम डा. शर्मालाई उपहार स्वरूप प्रदान गर्नु भयो | जोसेफ अहिले नेपाल सम्बन्धि एउटा पुस्तक लेख्दै हुनुहुन्छ |


उक्त कार्यक्रममा विभिन्न कवि तथा कवियित्रीहरुले आ-आफ्ना कविताहरु पाठ गर्नु भएको थियो |  कविता पाठ गर्नेहरुमा गोपाल रेग्मी, नारायण अधिकारी, सीता पाण्डे, रामप्रसाद खनाल, पुरुषोत्तम ढकाल, हेमन्त श्रेष्ठ, लोकनाथ तिवारी, रामचन्द्र भट्टराई र गोमा न्यौपाने थिए |साहित्यकार श्री होमनाथ सुबेदीद्वारा लिखित पुस्तक “काली गाज़ल” को पनि महामहिम डा. शंकर प्रसाद शर्माज्युले बिमोचन गर्नु भएको थियो |साहित्यकार तथा विद्वान श्री एच. बि. भण्डारीले “Nepali Identify, Language and Literature: Bhanubhakta in Contemporary Nepali Diaspora” अन्तरगत अत्यन्त गहिरो सोध मुलक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो |


अनेसास (केन्द्र) अध्यक्ष श्रीमति गीता खत्रीले यो पुरानो संस्थामा रहेर काम गरि सक्नु भएका सम्पूर्ण कवि तथा सबै सुभेक्छुक महानुभावहरुलाई शालिक निर्माणकोलागि एक जुट भएर लाग्नु पर्ने बताउनु भयो | उहाले अनेसास डी.सी. च्याप्टरमा रहेर काम गर्नु भएका सबै निबर्तमान पदाधिकारीहरुलाई राम्रो कामको लागि धन्यबाद दिनु भयो |पुरुषोत्तम ढकालले संचालन गर्नु भएको उक्त कार्यक्रममा श्रीमति गीता खत्रीले सभापतित्व गर्नु भएकोथियो l

Read Full Discussion Thread for this article