Posted by: ashishme March 8, 2013
कनक कनेक्सनको नालिबेली
Login in to Rate this Post:     0       ?        

कनक कनेक्सनको नालिबेली

केको खेति गर्छन् दिल्लीदेखि न्युयोर्कसम्म ?
 
 

काठमाडौं, फागुन २५– कनकमणि दीक्षित पश्चिमाहरूको इसारामा चल्ने नेपाली नागरिक हुन् भन्ने आरोप लगाइन्छ । के यी भनाइहरू तथ्यसंगत छ त ? पछिल्लो पटक भेटिएका तथ्यहरूले आरोप सत्यको नजिक भएको पुष्टि गरेको छ ।

आफूलाई इमानदार दाबी गर्ने कनकमणिको गतिविधि उनले भनेजस्तो पारदर्शी नभएको शुक्रबार प्रकाशित भएको जनआह्वानले आफ्नो रिपोर्टमा जनाएको छ । उक्त पत्रिकाका अनुसार कनकका डरलाग्दा गेम प्लानहरू रहेका छन् ।

पत्रिकाले दाबी गरे अनुसार विभिन्न विदेशी गैरसरकारी संस्था (आईएनजीओ)बाट नियमित आर्थिक लाभ लिने गरेका छन् । उनले यसरी लाभ लिने आईएनजीओमा एक्सन एड नेपाल, आडरा नेपाल, एसोसिएसन अफ भोलेन्टियर्स विद आउट फ्रन्टियर्स, बीएनएमटी, केयर नेपाल, सीईसीआई, सेडपा, चाइल्ड प्रोटेक्सन सेन्टर, चाइल्ड वेलफेयर स्किम, चाइल्ड फन्ड जापान छन् । यत्तिमा मात्र उनको खेतीपातीको जालो सकि“दैन । उनले कन्सर्न वल्र्डवाइड, डेनिस फरेस्ट्री एक्सटेन्सन, नेपाल एग्रो फाउन्डेसन, इको हिमाल, एजुकेट दी चिल्ड्रेन, फेमिली हेल्थ इन्टरनेसनल, जर्मन नेप्लीज हेल्प एसोसिएसन जस्ता आईएनजीओबाट पनि विभिन्न नाममा सहयोग हात पार्छन् ।

यति मात्र होइन, कनकको कनेक्सन ग्रुप फर ट्रान्स कल्चर, ह्याबिट्याट फर ह्युमिनिटी इन्टरनेसनल, ह्यान्डिक्याप इन्टरनेसनल, हेइफर प्रोजेक्ट इन्टरनेसनल, हेलेन केलर इन्टरनेसनल जस्ता आईएनजीओमा पनि छ । हेल्भेटास नेपाल, इन्टरनेसनल एलर्ट, इन्टरनेसनल डेभलपमेन्ट इन्टरप्राइज नेपाल, इन्टरनेसनल नेपाल फेलोसिप, इन्टरनेसनल रेस्क्यू कमिटी नेपाल, इन्टरप्लास्ट जर्मनी, लेप्रोसी मिसन नेपाल, मर्सी कर्पसमा पनि कनकको कनेक्सन छ । यीमध्ये कतिपय यस्ता आईएनजीओ छन् जसले विभिन्न कभरमा नेपालमा संवेदनशील सूचनाहरू ठूला र शक्ति राष्ट्र«का गुप्तचर एजेन्सीलाई दिन्छन् ।

माइक्रो न्युट्रेन्ट इनिसियटिभ, क्यानेडियन को–अपरेसन अफिस, एमएस नेपाल, नेसनल डेमोक्रेटिक इन्स्टिच्युट, अक्स्फाम जीबी, सेभ द चिल्ड्रेन नर्वे, एसिया फाउन्डेसनलगायत १ सय ७५ वटा एनजीओ/आईएनजीओबाट कनकले नियमित रूपमा आर्थिक लाभ लिने गरेका छन् । उनीस“ग विभिन्न आईएनजीओमा स“गै काम गरेका एक पत्रकारका भनाइमा कनक गुप्तचर एजेन्सीका व्यक्तिहरूस“ग पनि नियमति सम्पर्कमा रहन्छन् ।

सहमति भा“ड्न पनि सहयोग जुटाउनु कनकको भित्री योजनामा पर्छ । खासगरी अमेरिकी सहयोग नियोग यूएसएडसम्बद्ध एसिया फाउन्डेसन नामक संस्थामार्फत कनक अहिले युद्धकालीन मुद्दा ब्यु“ताउने र शान्ति प्रक्रिया भा“ड्ने अभियानमा सक्रिय छन् । यसको एक मात्र उद्देश्य हो, शान्ति प्रक्रिया भा“ड्नु र देशलाई पश्चिमाहरूको आश्रयस्थल बनाउनु । जब–जब दलहरूबीच सहमतिको वातावरण बन्छ, कनक गिरोह त्यसलाई भा“ड्न अनेक हत्कण्डा अपनाउ“छ । पुराना कुरा उप्काएर शान्ति प्रक्रिया भा“ड्न सकिन्छ कि भनेर कनक कहिले बा“दरमुढेमा भाषण गर्न पुगिरहेका हुन्छन् भने कहिले डेकेन्द्र थापा प्रकरणलाई थप उचाल्न दैलेख पुगिरहेका हुन्छन् । सन्तुलनको नाममा कहिले उनी दोरम्बा पनि पुग्छन् ।
Janandolan Nagarik Sabha 20640111_258खासगरी कांग्रेस, एमाले र माओवादीलाई कुनै सहमतिमा पुग्न नदिनु नै यो गिरोहको ध्याउन्न रहेको देखिन्छ । उदाहरणका लागि संविधानसभाको संवैधानिक समितिमा शासकीय स्वरूपका बारेमा बहस हु“दा कनकले ‘एमाओवादीले भनेझैं राष्ट्र«पतीय प्रणालीमा गएमा प्रचण्ड राष्ट्रपति हुने’ भन्दै कांग्रेसलाई त्यसमा सहमत नहुन उक्साएका थिए । कहा“सम्म भने कनक एन्ड गिरोहका एनजीओले कोठामा बसेर तयार पारी जारी गरेका नक्कली सर्वेक्षणसमेत कांग्रेस सभापति सुशील कोइरालासमक्ष प्रस्तुत गरिएको थियो । जसका कारण काग्रेस सहमतिबाट पछि हटेको बताइन्छ ।

अझ हिमाल पत्रिका र एसिया फाउन्डेसनका नाममा गरिएको सर्वेक्षणमा प्रचण्डले नै अधिक मत ल्याउने रिपोर्टसमेत पेस गरियो । यो गोप्य रिपोर्ट कांग्रेस र एमालेका नेताहरूलाई बुझाइयो । एमाले त्यसपछि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिको पूर्वसहमतिबाट पछि हटेको थियो । यसरी दलहरूबीच संविधानका मूलभूत विषयमा सहमति हुन पाएन । मुलुक गतिरोधको भुमरीमा फस्यो । यसका एक जिम्मेवार कनक नै हुन्, जसले सहमति भा“ड्न अनेक तिकडम गरे ।

कनक, सुबोध प्याकुरेल, कुलचन्द्र गौतमहरूको गिरोहले अर्को निकृष्ट राष्ट्र«घाती काम पनि ग¥यो । त्यो हो, गत वैशाखमा लुम्बिनी विकासका लागि आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा आउन लागेका संयुक्त राष्ट्र« संघका महासचिव वान की मुनको भ्रमण स्थगित गराउनु । माओवादी अध्यक्ष प्रचण्डको निमन्त्रणामा महासचिव मुन नेपाल आएको भए निश्चय नै अध्यक्ष प्रचण्ड र एकीकृत नेकपा माओवादीलाई केही लाभ हुन्थ्यो होला । तर, मुलुकलाई कुनै घाटा हुन्थेन । बरु, यो त मुलुककै गर्वको विषय हुन्थ्यो । एक त मुनको आगमनले नेपालका राजनीतिक दलहरूलाई शान्ति र सहमतिका लागि दबाब सिर्जना गथ्र्यो । त्यसैगरी, बुद्धको जन्मथलो नेपालको लुम्बिनी नै हो भन्ने समाचारले अन्तर्राष्ट्रिय माध्यममा स्थान पाउ“थ्यो । मुनको नेपाल भ्रमण मुलुककै राष्ट्रिय हितमा थियो ।

मुनको भ्रमणका लागि सरकार र लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिले निकै ठूलो तयारी गरेको थियो । तर, तिब्बती मुद्दा उठाएर कनक, कुलचन्द्र एन्ड कम्पनीले मुनको भ्रमण भा“डेरै छाडे । हुन त कनक फ्रि–तिब्बत अर्थात् चीनविरोधी गतिविधिमा लागेको धेरै भइसकेको छ । एसिया फाउन्डेसन नामक सीआईएको अघोषित संस्थामार्फत आर्थिक स्रोत जुटाउने इन्सेकका सुबोध प्याकुरेल, चरण प्रसार्इं, मन्दिरा शर्माहरूको काम नै त्यही हो । मुनको भ्रमणभन्दा केही दिनअघि काठमाडांैका तिब्बती क्याम्पहरूमा पर्चा छरियो, ‘वैशाख १६ गते लुम्बिनी जाऔं’ भनेर । ती पर्चाहरू अन्त कतै नभई कनककै जगदम्बा प्रेसमा छापिएका थिए । यसबाट पनि स्पस्ट हुन्छ, कनकको खतरनाक कनेक्सन ।

ठगीका अरू उपाय पनि यो समूहबाट नहुने कुरा भएन । राणाहरूको अकुत सम्पत्ति अपुतालीमा पाएर सम्भ्रान्त वर्गमा परिणत भएको हिमाल मिडिया र जगदम्बा प्रेसका सञ्चालक कनक र उनका बाबु कमलमणिले साल्ट ट्रेडिङ कर्पोरेसनको झन्डै २ करोड रुपैया“ हिनाहिना गरेको तथ्य पनि भेटिएको छ । यो त्यसबेलाको प्रसंग हो, जतिबेला कनकका बाबु कमलमणि साल्ट ट्रेडिङ कर्पोरेसन सञ्चालक समितिको अध्यक्ष थिए । कमलमणि दीक्षितले पद र शक्तिको दुरुपयोग गर्दै हिमाल खबरपत्रिकाका लागि लिएको करोडौं रुपैया“ उधारो हालसम्म तिरेका छैनन् । जगदम्बा प्रकाशन र हिमाल मिडियाको नाममा रहेको सो ऋण उनीहरूले अनेक प्रपञ्च रचेर पचाएरै छाडे । ती दुवै प्रकाशनलाई पत्र लेखेर ऋण चुक्ता गर्न कर्पोरेसनले बारम्बार तोकेता गरे पनि उनीहरूले विधि विधानलाई समेत टेरपुच्छर लगाएनन् ।

कर्पोरेसनको खातामा जगदम्बाका नाममा १ करोड १६ लाख ९७ हजार ८ सय ८६ रुपैया“ र हिमाल मिडियाका नाममा ७८ लाख ५५ हजार ९ सय २३ रुपैया“ उधारो अझै बा“की छ । पुरानो बहीखाता खोल्ने हो भने यो स्पष्ट हुन्छ । कर्पोरेसनस“ग कागजको कारोबार गर्दा उनीहरूले यो रकम उधारो राखेका थिए । दीक्षित बाबु–छोराले ‘विगत लामो समयदेखि विभिन्न प्रकारका छपाइस“ग सम्बन्धित कारोबारका क्रममा रहेको बक्यौता २०६४ साल असार मसान्तभित्र चुक्ता गर्नुपर्ने’ समझदारी उल्लंघन गरेका हुन् । अरूलाई कानुनी राज्यको पाठ पढाउन नथाक्ने दीक्षित बाबु–छोराले लाजै नमानी ऋण चुक्ता नगर्नुको पृष्ठभूमिमा पनि थप भ्रष्टाचार लुकेको थियो । थानकोटमा कर्पोरेसनको जग्गा किन्दा पनि केही वर्षअघि तत्कालीन प्रमुख कार्यकारी अधिकृत परमेश्वर महासेठस“ग सा“ठगा“ठ गरेर अध्यक्ष कमलमणिले कुल २ सय २५ रोपनी जग्गामध्ये राम्रो जग्गा आफ्नो गिरोहको नाममा र खोला किनारको जग्गा कर्पोरेसनको नाममा राखेका थिए । कार्यकारी अधिकृत महासेठको धन्दाको पर्दाफास भएपछि सञ्चालक समितिका अध्यक्ष कमलमणिलाई रिझाउन महासेठले करोडौं रकम जगदम्बा र हिमालको नाममा उधारो दिएका रहेछन् । यसरी सो जग्गा काण्डमा कमलमणिको पनि मिलेमतो रहेको स्पष्ट हुन आयो । कहासम्म भने कमलमणिले नेपाल तथा भारत सरकारको अनुदान सहयोगमा आउने आयोडिनयुक्त नुन मुलुकभर वितरणको जिम्मा साल्ट ट्रेडिङको साटो निजी कम्पनीलाई दिएर कमिसन खाने दाउपेच पनि गरेका थिए । त्यसैगरी, मुलुकको मौद्रिक नीतिविपरीत कर्पोरेसनको कारोबारका नाममा करोडौं रुपैया“ भारतीय बैंकमा राखेर कमलमणि एन्ड कम्पनीले राष्ट्र«घाती कामसमेत गरेको तथ्य खुलेको छ ।

त्यसरी कर्पोरेसनको नाममा थानकोटमा किनिएको २ सय २५ रोपनी जग्गामा करोडौं भ्रष्टाचार गरेको र मह कारोबारमा कर्पोरेसनलाई ४ करोड रुपैया“ नोक्सानी पु-याएको लगायतको अभियोगमा कर्पोरेसन सञ्चालक समितिले अध्यक्ष कमलमणि र कार्यकारी अधिकृत महासेठमाथि कारबाही सुरु गरेको पनि हो । उनीहरूलाई पदबाटै बर्खास्त गरियो । तर, त्यसबारेमा अख्तियारमा छानबिनका लागि उजुरी परे पनि अख्तियारले मौनता साध्यो भन्दै पत्रिकाले खबर छापेको छ ।

Read Full Discussion Thread for this article