Posted by: nepalilaure March 6, 2013
Actress Rekha Thapa talks about her opinion about America
Login in to Rate this Post:     0       ?        
बब्बाल रैछ नि रेखा को डान्स त , शरीरका सबै अंग प्रत्यंग जुरुक जुरुक हुने जस्तो |

अनि एउटा कुरा साझाका फिलिमका पारखी हरुलाई सोध्न मन लागेको | यी नायिकाले सिनेमामा कस्तो अभिनय गर्छिन , मलाई त यिनको एउटा -दुइटा अन्तरबार्ता हेर्दा यिनले नारी सुलभता दर्शाएको, मस्कि मस्कि कुरा गर्दै मोहोनी लगाएको, प्राकृतिक रुवाई रोएको आदि जस्ता रोल कत्ति पनि गर्न सक्दिनन जस्तो लाग्दो रैछ | यीनलाइ  त खाली केटा मान्छेहरु संग मुख मुखै लाग्दै गरेको , मान्छे कुटेको , अनि आर्मी पुलिसको बर्दी धारी रोल आदि जस्तो मात्र सुहाउचा जस्तो लाग्यो | आजको जमानामा केटि मान्छे तेस्तै हुनु पर्छ अनि मात्र पुरुष हरु बाट सोषित हुदैनन् भन्नु होला फेरि , त्यो कुरा पनि ठिक हो | खाली रेखाजी ले कस्तो अभिनय गर्नु हुन्छा भन्ने जान्न मन लागेको मात्र हो |

अनि अर्को कुरा नेपाली सिनेमाका बिसेष गरि मुख्य पात्रहरुलाई (प्राय जसो हिरो हिरोयिन) आफु एकदम अध्यनशील र बुद्दिजीबी छु भन्ने देखौन मन लाग्छ | बरु सिनेमाका  चरित्र अभिनेता/अभिनेत्री हरुले एकदम राम्रो अन्तरबार्त दिन्चन | कसैले गायक रामकृष्ण ढकालको अन्तरबार्ता हेरेको/सुनेको छ भने एकदम बुझेको/पढेलेखेको मान्छे को जस्तो हुन्छ | तेसैले slc पास /IA पास /BA पास ले केहि गर्दैन \ सत्य बोध भएको मान्छेको प्रस्तुति पनि तेस्तै हुन्छ | बास्तबमा हाम्रा नेपालका media हरुको पनि गल्ति छ , नायक नायिकाहरुको अन्तरबार्ता late night show type   (jay leno , letterman  जस्तै  ) को गर्नु पर्छ , ७५% हास्य ब्यङ्ग , २५% मात्र के कुरा सोध्नु पर्ने हो त्यो कुरा | हस्यब्यंगा गर्नु पर्ने show मा मात्र डाक्ने , रमाइलो पनि हुन्छ अनि कोहि कलाकारले साचिकै serious कुरो भन्यो भने पनि तत्काल उसको प्रस्तुतिबाट थाहा भैहाल्छ |
Read Full Discussion Thread for this article