Posted by: ashishme March 4, 2013
विनोद चौधरी विश्वका अर्बपतिको सूचीमा पर्ने पहिलो नेपाली - FORBES
Login in to Rate this Post:     0       ?        

विनोद चौधरी विश्वका अर्बपतिको सूचीमा पर्ने पहिलो नेपाली

 

२१ फागुन, काठमाडौं । अमेरिकी पत्रिका फोर्बसले सर्वजनिक गरेको विश्वका अर्बपतिहरुको सूचीमा नेपाली उद्योगी विनोद चौधरी पनि पर्नु भएको छ । यससँगै उहाँ नेपालको पहिलो अर्बपति भएको पत्रिकाले दावी गरेको छ ।

फोर्बसले तयार पारको १ हजार ४ सय २६ जनाका चौधरी पनि पर्नु भएको हो । १ अर्बका मालिक ५७ वषर्ीय चौधरी १ हजार ३ सय ४२ औं नम्बरमा हुनुहुन्छ ।

अर्बपतिहरुको सूचीमा सबैभन्दा धेरै अमेरिकाका ४ सय ४२ जना छन् भने यूरोपका ३ सय ६६, एसियाका ३ सय ८६ रहेका छन् ।

७३ अर्ब सम्पत्ति रहेका मेक्सिकोका कालोस सिल्म हेलु लगातार चौथो वर्ष पहिलो नम्बरमा छन् भने अमेरिकी विल गेट्स ६७ अर्ब डलरका साथमा दोस्रो् स्थानमा छन् । यस्तै २३ विलयन डलरका सम्पत्ति भएका गुगलका मालिक ल्यारी २० औं नम्बरमा परेका छन् ।

Read Full Discussion Thread for this article