Posted by: Geology Tiger March 3, 2013
ग्रज
Login in to Rate this Post:     0       ?        
गोर्खे साथी,

साझामा तिमीले लेखेको कहिले देखि पढ्न शुरु गरे त्यो मलाई हेक्का छैन । तर दुई चार चोटि तिम्रो लेखमाथि आफ्नो प्रतिकृया दिइसके जस्तो लाग्छ ... यस अर्थमा मलाई लाग्दैन तिम्रो लेख पढेर प्रतिकृया लेख्नेहरु सबै ग्रजको भावनाबाट ग्रस्त भएका हुन् । एक दुई जना त्यसको कारण पनि हुन सक्लान् तर के तिमीले कहिले मेरो लेखाइमा मान्छेहरु किन नकरात्मक प्रतिकृयाहरु दिन्छन् भनेर चिन्तन, मनन र विष्लेशण गर्ने कोशीस गरेका छौ ? कति चोटि म पनि तिमीले आफ्नो लेखाइ मार्फत व्यक्त गर्न खोजेको कुरा बुझ्दिन । तर पनि म तिम्रो लेखाइमा जीवनको भोगाइहरु, सामाजिक सन्देशहरु र राम्रा विचारहरु देख्छु । त्यसैले तिम्रो लेखहरु पढ्छु र आक्कलझुक्कल आफ्नो प्रतिकृया पनि दिन्छु । तिमी आफ्नो लेखाइलाई अलि सरल बनाउने कोशीस किन गर्दैनौ ? कतै तिमीमा नै आफ्न पाठकहरु प्रति जो नकरात्मक प्रतिकृया दिन्छन् ग्रजको भावना छ कि ? तिमीले भन्न खोजेको कुरा घत लाग्दो र सान्दर्भिक हुन्छ, तर अलि सजिलो बनाएर लेख्ने कोशीस गर । अनि थाहा हुनेछ साझावासीहरुले तिमीप्रति ग्रज बोकेका हुन् कि तिम्रा लेखाइ नबुझेका हुन् ..
Read Full Discussion Thread for this article