Posted by: magorkhe1 March 3, 2013
ग्रज
Login in to Rate this Post:     2       ?         Liked by

ग्रज भन्ने शब्द अङ्र्जीनै भए पनि नेपाली जनजिब्रोले आफ्न्त बनाइ सकेको छ् | बाह्र खरी मात्रै पढेकी माताहारी बाट धेरै पल्ट सुनिस्कएको छु | पशुपान्क्षिहरुमा ग्रज हुँदैन भन्ने सोचाइ धेरैको हुन्छ तर यस् कुरामा सहमत छुईन| यो असहम्तीको जड् भराइ मरो बाल्यकाल्को सातौ बर्षको बालापनसँग जोडीएको सानो घटना सँग जोडीएको | दसकौ बितिसक्दा पनि मस्तिस्क बाट निकालेर फ्याल्न सकिएको छुईन | साझामा चिहाउनेहरु - आफ्नै सोदेस्य चिहाउदछन कोही केही खुराक पस्केको छकी भनी , कोही कोही हास्न पाईेला कि भनी, कोही आफ्नो नाम भर्न मात्रैलाई छिर्छन, कोही यमराजको ढोका ढक्ढक्याउदै गरेकोलाई मृत्युको सिघ्र कामना टक्र्याउन, कोही नाम मात्रै देख्दा ग्रजले  भरिएको दिमागले दाया बाँया सोच्छ यो लन्ठकले आज पनि नयाँ धागो कोरेछ भनी कमेन्ट को लागि कमेन्ट अपसब्द बाट गर्न हिच्किचाउदैनन |  कुरा ग्रजको गर्दै थिए, चक्रपथ को बाटो तिर मोडिए जस्तो | कुरालाई चक्रपथ जस्तो भनौ वा नेपालका सरकारी कार्यालयका कारीन्दाले च्याम्पटी घुमाए झै नघुमाए के को मजा ?
दुई महिना लामो स्कूल बिदा थियो : ओल्लो घर , पल्लो घर , डाडा घरे हामी सबै लाई फुर्सदै फुर्सद थियो |बस्तु भाउ पनि बेसिमा भएकोले चराउन पनि जानु परेन थिएन |  दिन बिताइको मेलो गर्न गाह्रै परेको थियो | फल्फुलको सिजन पनि थिएन, अरुका करेसाबारी छिर्न | सानो ठेकी बोक , भरे मोही ल्याउनु पर्छ भन्दै थिए बाउ, जाने सुरसार नदेखे पछी आमैले बासिभात  तताएर खानु भनिन | आफु लागियो दौतरी भेट्न् | जना भेला भयौ कारीब  १०-११ बजेको थियो होला | त्यो दिनको योजना बादरको बच्चा सामत्ने बनेको थियो | योजना मुताबिक जना डाडा बाट ढुङ्गा मुडा गर्ने, झरेको बच्चा बोक्न रुखको फेदमा कुरुवा बसेको थिए | ढुङ्गा मुडाको बड्दै गए पछी बाँदरको चिच्याहत बद्नुको साथै तुप्पा तिरा लाइगेकी थीई भने भने चिच्याहट बड्दै गएको थियो  | एका एक थप चर्को आवाज थपियो | चाँही अब चै बच्चा झर्ने भो भन्दै मख्ख पर्दै थिए | ढेदुको  सिंहनाद सुने पछी सातो पुत्लो उड्यो, होस् तल भुजेल दाइको घरमा पुगे पछी मात्रा आयो
मेरो सिर्सक को सुरुआत यहाँ बाट सुरु हुन्छ: | यो घटना सुन्ने गाउलेहरुले भने "लौ कान्छा  बचिछस आज ,  ढेदुको पन्जामा परेको भए त्यो झिङटीघरे अन्तरे जस्तो  हुन्थिस | बच्चा समात्ने योजना अघी त्यो कुरातिर किन ध्यान  गएन | यो घटनाको अन्त्य नभएर सुरुआत भयो | सबै भन्न् थाले अब त स्कूल कसरी जान्छस ? किन्की त्यो जङल्को बाटो भएर जानु पर्थ्यो, अर्को बाटो जाने हो भने आधा घण्टा बढी हिंड्नु पर्थ्यो |
मेरो डर को कारण "ग्रज" हो | सबै भन्न् थाले बाँदरले मान्छे चिन्ने मात्रा हैन तेस्ले कोस टाढा बाट सुङेर पनि थाहा पाउछ | अनी बसौ बर्ष बिर्सदैन भन्दै  कुरा  फेरी झिङटिगरे दाइको कथा सँग जोदेका थिए  | "बनको बाघले खाओस न खाओस मन्को बाघ्ले" भने पिन्ड छोडेको हैन ? अबिश्वास कसरी नगरु ज्वलन्त उदाहरण झिङ्तिघरे दाई छन | उन्को अनुहारमा खुकुरिले छपक्क छप्काएको जस्तो दुईटा लामा धर्सा छ्न, सरिरका कुरै नगरौ |
आज सम्म मेरो दिमागमा यो ग्रज लिएर बस्ने प्राणिमा बाँदरनै पहिलो नम्बरमा हुनु पर्छ भन्ने कुरा मेरो मस्तिस्कमा किला गाडीएर थियो | बिना कारण पशु हरुले ग्रज लिदैन भन्ने कुरामा दुइमत होला जस्तो लाग्दैन | तर तिनै बादरका पुस्ता हामी  बिना कारणनै ग्रज  देखाउन पछी नपरेको देख्दा यो ग्रज पुस्तैनी बड्दै गएको कुरामा पनि हामी दुई मत हुँदैनौ जस्तो लाग्छ | यदा कदा  यो साझामा ग्रज युक्त कुरा पढ्नु पर्दा  मलाई तेही ढेदुको सम्झना आउछ |

Last edited: 23-Mar-13 09:59 PM
Read Full Discussion Thread for this article