Posted by: timi_mero_sathi February 16, 2013
You don't need to fear God
Login in to Rate this Post:     0       ?        

कुन मन्दिरमा जान्छौ यात्रीकुन मन्दिरमा जाने हो?
कुन सामग्री पुजा गर्नेसाथ कसोरी लाने हो?
मानिसहरूको काँध चढीकुन देवपुरीमा जाने हो?

हाडहरूका सुन्दर खम्बामांसपिण्डका दिवार !
मस्तिष्कको यो सुनको छानाइन्द्रियहरूका द्वार !
नसा-नदीका तरल तरमन्दिर आफू अपार !
कुन मन्दिरमा जान्छौ यात्रीकुन मन्दिरको द्वार ?

मनको सुन्दर सिंहासनमाजगदिश्वरको राज !
चेतनाको यो ज्योति हिरण्यमयउसको शिरको ताज !
शरिरको यो सुन्दर मन्दिरविश्वक्षेत्रको माझ।

भित्र  ईश्वर बाहिर आँखाखोजी हिड्छौ कुन पुर?
ईश्वर बस्तछ गहिराइमासतह बहन्छौ कति दुर?
खोजी गर्छौ हृदय लगाऊबत्ति बाली तेज प्रचुर ?

साथी यात्री बीच सडकमाईश्वर हिड्छ साथ
चुम्दछ ईश्वर काम सुनौलागरिरहेका हात
छुन्छ तिलस्मी करले उसलेसेवकहरूको साथ 

सडक किनार गाउँछ ईश्वरचराहरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूकापिडादु:खको गानामा
दर्शन किन्तु कहिँ दिँदैनचर्म-चछुले कानामा 
कुन मन्दिरमा जान्छौ यात्रीकुन नव-देश बिरानामा?

फर्क फर्क हे ! जाऊ समाऊमानिसहरूको पाउ !
मलम लगाऊ आर्तहरूकोचहराइरहेको घाउ
मानिस भइ ईश्वरको त्योदिव्य मुहार हँसाऊ ।।

Read Full Discussion Thread for this article