Posted by: streetlearner February 7, 2013
सिसा त रैछ जिन्दगी
Login in to Rate this Post:     0       ?        
सिसा त रैछ जिन्दगी , फुट्यो बजारै मा
नबन्दै भत्क्यो नाता , टुटयो बजारै मा

अस्तित्वको भीख दुनिया सँग माग्दा माग्दै
आँखा अगाडी जिन्दगीले , लुट्यो बजारैमा

उराठ पतझड बस्ती भित्र , रंग भर्दा भर्दै
भाग्य कोर्ने कलमनै , छुट्यो बजारैमा

सिसा त रैछ जिन्दगी , फुट्यो बजारै मा
प्रभात नै नआई , अन्धकारले ढाक्यो बजारैमा


प्रभात
-----
भियना
Read Full Discussion Thread for this article