Posted by: fucheketo February 7, 2013
सावित्री
Login in to Rate this Post:     1       ?         Liked by
 Ilaam 2008- After a long time playing with म Charectors , I felt like lets try some other style..यो मलाई सोध्छौ भने ध्रुवचन्द्र गौतम को लेखन शैलीवाट प्रभावित भएर अंगालेको शैली हो। I hope I m giving justice to the style..
Thanks for the readers for tolerating this piece.
सावित्री भाग-३

त्यो दिन सावित्री सुत्न सकिन। त्यो केटाले नवोलेर पनि धेरै वोलेर गयो। उसको मौनता पनि सावित्रीको निन्द्रा उडाउन समर्थ वन्यो। निन्द्रा धुवाँ भन्दा पातलो हुन्छ। अझ अचम्म हामी त्यति पातलो निन्द्रामा सपनाका आकार दिन्छौ, वुट्टा भर्छौँ , च्यातिने, पिल्सिने सम्भावनालाई वेवास्ता गर्दै ।जीवनको सुन्दरता नै सानो शक्तिले च्यातिदिन सक्ने तिनै सपनाहरु त हुन्। हो सपनाहरु कमजोर हुन्छन् र त संगाल्नु पर्छ ,वाह्य संसारवाट लुकाउनु पर्छ। सावित्रीले पनि आज भेट्टिएको कथा रोहनवाट लुकाइ । रोहनले आज पुर्ण सावित्री पाएन। एकैछिन अर्ध सावित्री सँगको भेट पछि उ आफ्नो कोठा फर्कियो। सावित्रीको रात कट्न गाह्रो भयो । उ कोल्टे फेरिरही !!!!

भोलिपल्ट उ तरकारीवजारको छेउछाउमा देखिएन। सावित्रीलाई एउटा अनौठो डरले सतायो। उसलाई केहि भइ पो हाल्यो कि भनेर !! फेरि अर्को मनले सोची " आ को नै हो र उ मेरो!" भनेर। सवै भेटहरुलाई सम्वन्ध दिनपाए त जीवन धेरै नै सरल हुन्थ्यो।उसको मनको त्यो सोचले उसको चित्त वुझाउन सकेन। 

"दाइ त्यो सँधै तँपाइकोमा तरकारी लिन आउँथ्यो नी , एउटा झुसे झुसे केटा , हिजो खरानी रंगको टिशर्ट लाको थियो नी , चिन्नुहुन्छ ?"
 सावित्रीले तरकारी व्यापारीलाई नै सोधी व्यग्र भएर। तरकारी व्यापारी कुटिल मुस्कान हाँस्यो अनी जवाफ फर्कायो 
" खोइ तरकारी किन्न आउँथ्यो भन्नु कि तिमीलाई हेर्न आउँथ्यो भन्नु , तरकारी किनेको आधा घण्टा सम्म पनि यहिँ वस्थ्यो तिमी आउन्जेल सम्म !!!!" उसको पहेँलो दाँतले सावित्रीलाई गिज्याए झैँ लाग्यो । सावित्रीले अर्को प्रश्न सोधिन ।

वाटो कट्दै गर्दा परवाट हस्यांग फस्यांग गर्दै आएको उसलाई देखी। सावित्री टक्क अडिइ। गतिशिल भएर एक लक्षमा हिँडेको उ पनि सावित्री अडिएको भन्दा करिव पाँच मिटरको दुरीमा अडियो। उसको गति शुन्य वन्यो, मानौँ उसको पाइला ले भन्दैथियो " अव रोकिनु पर्छ लक्ष त पाँच मिटर मात्र टाढा छ !!"

"तँपाई मलाई पछ्याउँदै हुनुहुन्छ ?" सावित्री रिसाए झैँ गरी । उ सतह धमिल्याएर आफ्नो मन लुकाउन चाहन्थी । भित्री मन त उसलाई देखेर खुशी नै भएको थियो।
उसले घोसे मुन्टो लगायो । जवाफ फर्काएन !!
"मैले आज थाहा पाएँ तरकारी पसलेवाट ! किन मेरो लागि यस्तो मरिहत्ते ? तँपाईलाई के नै थाहा छ र मेरो वारेमा  " सावित्रीले अर्को प्रश्न राखी ।
उसले सावित्रीको अनुहार नियाल्यो । उसका आँखा सावित्रीमा गडे, धेरै वेर एक टकिए। 
"त्यो घरमा वस्नुहुन्छ , भन्ने वाहेक केहि थाहा छैन!" गहिरो दवेको आवाजमा उसले वोली फुटायो।
"के चाहनुहुन्छ आखिर म वाट ?" सावित्रीले झर्किने प्रयास गर्दै भनी ।
"शायद केहि पनि चाहन्न , भेटको निरन्तरता वाहेक । साँचो सोध्नुहुन्छ भने नदेखेको दिन मलाई दिन पुरा नभएजस्तो हुन्छ , के के नपुगे जस्तो हुन्छ । सँधै तँपाइलाई नै हेरिरहन चाहन्छु !"
उसका उत्तर हरु पनि उ जत्तिकै सरल थिए। उसले कुनै आग्रह राखेन सावित्रीलाई । मात्र आफ्नो मनको चाहना पोखिदियो।

सावित्री जड भइ । संसार अचम्मको छ। यहाँको भाग वण्डा अचम्मको छ। कहिले खोजेको माया पाइन्न, कहिले नचिताएकाले माया गर्छन।

"नचाहिने, न मलाई तँपाई को वारेमा थाहा छ , न तँपाईलाई मेरो वारेमा ! तँपाई को पनि काम गर्ने समय होला , हेरविचार गर्नुपर्ने परिवार होलान् !! आफ्नै भविष्य किन विगार्नुहुन्छ ?" उसले गलेको स्वरमा प्रतिरोध गरेकी थीई यसपाली । उसलाई आँफैलाई आफ्नो नकारात्मक प्रतिरोध प्रति विश्वास लागेन ।

 सावित्रीलाई उसको सामना गर्न गाह्रो भयो,उ फरक्क फर्की । उ सोची रही , उसले किन त्यो केटालाई गाली गरी ।उसको के नै गल्ति थियो र ? आफुले चाहेर माया गर्ने भए, भविष्य सोचेर माया गर्ने भए रोहन सँग पनि उसको भविष्य के नै छ र ? उसले आँफैले त परिभाषित गरेकी हो जीवन पलमा जीउनु पर्छ भनेर । कसैले जीवन भरी याद राख्ने गरीको उसको जीवनका थोरै पल किन दिन सक्दिन सावित्री? के गलत छ त त्यसमा ? धेरै प्रश्नवाचक चिन्हहरुले घेरिँदै सावित्री त्यो दिन किचन तिर छिरी।

काटिँदै गरेका तरकारी का चानाहरु जस्तै झलझल्ति उसका यादहरु काटिँदै गए वाँडिदै गए । तिन जना नै पुरुष आ-आफ्नो ठाउँमा प्रभाव छोड्ने गरी प्रभावशाली भएका थिए सावित्रीको जीवनमा!! उ चाना हरुलाई अझ साना वनाउँदै गइ। उ आफ्नो जीवनमाथीको वाह्य आधिपत्य घटाउन चाहन्छे। उ आफ्नो मनको अन्तर्द्वन्दमा पुर्णविराम चाहन्छे। उसको जीवन अहिले उनको फुस्काउन नसकेको गाँठो परेको डल्लो भएको छ। जति फुस्काउन खोज्छे त्यति कसिँदै छ ।

रोहनले अचानक पछाडीवाट अंगालो मार्यो। सावित्री झस्किइ। 
"के सोच्दै छेस् ! अहिले दिदी पनि छैन !! अनी वुवा पनि वाहिर निस्किनु भएको छ !" उसले सावित्रीको कमरवाट हात छिराउँदै आग्रह गर्यो।
"किचनमा थोरै काम छ वावु !" उसले आग्रह टार्ने प्रयास गरी।
"एकै छिन मा गर्लिस न तेरो काम !" रोहनको हात घुस्रिदैँ गयो। उसको प्रतिरोध हराउँदै गयो।
क्रमश:
 
Read Full Discussion Thread for this article