Posted by: metta February 2, 2013
Login in to Rate this Post:
1
?
Liked by
नेपालीको जूनी अरुले के लाए लाएनन अरुले के खाए खाएनन, अरुले के गरे हुन्थ्यो हुन्थेन भनेर ब्यर्थ चर्चा गर्दै बित्ने भो | जस्तो कि nagan ज्यु लाई प्रबल गुरुङको र सारा नारीहरुको असाध्यै चिन्ता लागेको रहेछ | जस्तो कि सारा नेपालीलाई थाहा छ नेपालमा के हुनु पर्छ भनेर सबैले भन्न सक्छ समस्या के हो भनेर, सबैले लामै भाषण दिन सक्छ के हुनुपर्छ, के हुनु पर्दैन भनेर र समाधान के हो भनेर | मात्र आफु त्यो समाधान गर्नु पर्ने समूहमा परेन, र समस्याको पनि स्रोत पनि भएन | किन कि म त त्यो भन्दा माथि छु, याने कि, म ठुलो मान्छे हुँ र म खाली भन्न मात्र सक्छु के हुनु पर्छ भनेर र कसरि गर्ने भनेर र के गल्ति छ भनेर | समाधान गर्ने र कार्यन्वयन गर्ने जिम्मा कहिले पनि मेरो हैन, र मेरो केहि गल्ति छैन | गल्ति सधै तिम्रो र उसको हो र समाधान गर्ने जिम्मा पनि खाली तिम्रो र उसको मात्रै हो |
nagan ज्यु लाई नेपालमा भै रहेको सारा महीला हिंसाहरु भन्दा यो छोटो लुगाको समस्या धेरै ठुलो लाग्यो शायद |