Posted by: ashishme February 2, 2013
कान्तिपुरका मालिकको धन्धा कस्ता–कस्ता ?
Login in to Rate this Post:     0       ?        

कान्तिपुरका मालिकको धन्धा कस्ता–कस्ता ?

 

Kailashकाठमाडौं, माघ २० – ‘व्यावसायिक पत्रकारिता’ को खोलभित्र ‘गोरखधन्दा’ चलाउनेहरू देखि डलरको खेती गर्ने मात्र होइन, राष्ट्रिय-अन्तर्राष्ट्रिय गुप्तचर निकायमा जासुसी गर्नेहरूको अहिले बोलवाला मच्चिएको छ । नक्कली ‘व्यावसायिक पत्रकारिता’ को खोलमा के–के हर्कत हुन्छन् भन्ने कुरा जति–जति भित्र गयो उति–उति खतरनाक गेमप्लान भेटिन्छन् । कान्तिपुर दैनिक, कान्तिपुर टेलिभिजन र कान्तिपुर रेडियोका मालिक कैलाश सिरोहिया पनि अनेकौं ‘गोरखधन्धा’ गर्ने मिडया मालिक हुन् । आफ्नो स्वार्थ र ठेक्कापट्टामा कतैबाट अवरोध हँुदाबित्तिकै प्रेस स्वतन्त्रताको नारा उचाल्ने कान्तिपुरका मालिक सिरोहियाले भित्र–भित्र के–के गर्छन् भन्ने रोचक र रहस्यमय तथ्यहरू जनआह्वानले फेला पारेको छ ।

राजस्व अनुसन्धान विभागको उच्च स्रोतका अनुसार कैलाशले करोडांै रुपैयाँ भ्याट/राजस्व छलेका छन् । उनले पहुँचका भरमा गत वर्ष करोडांै राजस्व मिनाहा गराएका थिए । खर्बांै सम्पत्ति कमाएका कैलाशमाथि राजस्व अनुसन्धान विभागले नजर लगाइरहेको छ । उनले कान्तिपुर दैनिक पत्रिकामा मात्र एक वर्षमा १ अर्ब ४४ करोड विज्ञापन छाप्छन् । र, पत्रिका बेचेर करोडांै उठाउँछन् । तर, उनको यो कारोबार पारदर्शी छैन । राज्यलाई कर बुझाउन आनाकानी गर्ने गरेको राजस्व अनुसन्धान स्रोत बताउँछ ।

कैलाशले शक्तिको आडमा के गर्छन् भन्ने अर्को तथ्य पनि कम भयानक छैन । सरकारलाई आफ्नो प्रभावमा पारेर उनले हजारौं टन कागज अधिकतम भन्सार छुट गराएर नेपाल भिœयाउँछन् । तर, त्यो कागज आफ्नो प्रकाशनका लागि मात्र उनले खर्च गर्दैनन् । स्रोतका अनुसार उनले यसरी ल्याएको हजारौं टन कागज आफूलाई चाहिने भन्दा बढी बिक्री गर्छन् । भन्सार छुटमा ल्याएको कागज बेचेर पनि उनले करोडांै आम्दानी गर्ने गरेको एक कागज व्यापारी बताउँछन् । ती व्यापारीका अनुसार यसरी शक्तिको भरमा कागज भिœयाएर बेच्नेहरूका कारण अन्य व्यापारीहरूको कारोबारमा समस्यासमेत आउने गरेको छ ।

यत्तिले मात्र कैलाशको गोरखधन्धा सकिँदैन । उनी साल्ट ट्रेडिङ कम्पनीलाई डुबाउने खेलमा पनि उत्तिकै सक्रियपूर्वक लागेका रहेछन् । उनले साल्ट टे«डिङको एकलौटी व्यापारमाथि आँखा लगाइरहेका छन् । साल्ट टे«डिङले गर्दै आएको कागज, नुन, चिनीलगायतका व्यापार तोड्नुपर्ने भन्दै कैलाश लबिङमा लागेको त्यहाँ कार्यरत एक उच्च अधिकारीले बताए । उनले यो प्रस्ताव वाणिज्य मन्त्रालयमा लिएर गएको स्रोत बताउँछ । साल्ट टे«डिङलाई सिद्धाउनका लागि भन्दै कान्तिपुरले त्यसविरुद्ध धारावाहिक समाचार प्रकाशन गर्दै आएको छ । कैलाशले आफूहरूले बनाउने कम्पनीलाई पनि यस्तो काम दिनुपर्ने भन्दै लबिङ गरेको वाणिज्य मन्त्रालयका उच्च पदस्थ अधिकारीको भनाइ छ ।

कैलाशको अझ खतरनाक खेल त हुन्डीबाट हुन्छ । उनले हुन्डीमार्फत बर्सेनि लाखौं डलर विदेश पठाउने गरेकोे राष्ट्र बैंक सम्बद्ध उच्च स्रोतले बतायो । उनले सिंगापुरको सेयर मार्केटमा लगानी नै गरेका छन् । यो विषयमा पनि राष्ट्र« बैंकका अधिकारीहरूले जाँचबुझ गरिरहेका छन् । आफूलाई मनीष नामले चिनाउने हुन्डी कारोबारी रमेश अग्रवालले यस्तो कामका लागि कैलाशलाई सघाउने गरेका छन् । अग्रवालले न्युरोडका व्यापारीसँग भन्ने गरेका छन्— ‘मैले कैलाशसँग मिलेर काम गरेको छु, मलाई कसैले केही गर्न सक्दैन ।’ कैलाशले सिंगापुरका बैंकमा समेत पैसा राखेको स्रोतको दाबी छ ।

कैलाशको अपारदर्शी काम त छँदैछ त्यसमाथि उनले कसरी शक्ति देखाउछन् भन्ने कुराको तथ्य अन्तर्राष्ट्रिय विमानस्थलमा पनि देख्न सकिन्छ । विमानस्थल अध्यागमन स्रोतका अनुसार विदेश जाँदा÷आउँदा कैलाशले भीआईपी कक्ष प्रयोग गर्छन् । उनको शरीर र सामानको जाँचसमेत हँुदैन । ‘उनी को हुन् ? किन यसरी भीआईपी कक्षबाट जाने÷आउने गर्छन् ?’ अध्यागमनका कर्मचारीहरूबीच छलफल नै हुने गरेको छ । अध्यागमनको रेकर्डमा उनी भीआईपी ठानिएका छन् । तर, त्यही विमानस्थलको अध्यागमनले अन्य मिडिया मालिकलाई भने त्यो छुट दिएको छैन । आफ्नो कारोबारलाई सहज बनाउन उनले कर्मचारी, प्रहरी अधिकारीलाई प्रभावमा पारेर भीआईपी कक्ष प्रयोग गर्ने गरेका छन् । एक प्रहरी अधिकारी भन्छन्, ‘यसका पछाडि केही रहस्य हुनुपर्छ, नत्र अरू मिडिया मालिक र कैलाशलाई विमानस्थलमा किन फरक–फरक व्यवहार गरिन्छ ।’

कैलाशले प्रजातन्त्रको कभरमा जतिसुकै कुरा गरे पनि उनी जनताको लोकतन्त्रमा विश्वास गर्दैनन् । उनकै सल्लाहमा बंैकर अनिल शाहले नयाँ पार्टी खाल्ने विज्ञापन कान्तिपुरमा छपाएका थिए । जनआह्वानलाई प्राप्त सयांै इमेलमा दल खोल्ने योजना पनि कैलाशकै भित्री खेल भएको पर्दाफास भएको छ । बाहिर अनिल शाहलाई देखाए पनि भित्री योजना कैलाशकै रहेकाले कान्तिपुरमा विज्ञापन छापिएको दाबी स्रोतको छ । दलहरू असफल भएको भन्दै उदार तानाशाह आउनुपर्ने पक्षमा शाहले कान्तिपुरमा लेखसमेत लेखेका थिए । दल समाप्त पार्ने शाह र कैलाशको योजना भने तत्कालका लागि हावादारी मात्र भएको छ । कैलाशले डलरको खोलो बगाएर माओवादीविरुद्ध र सच्चा लोकतन्त्रवादीहरूविरुद्ध खनिएका कनकमणिलाई आफ्नै कार्यकक्षमा बोलाएर माओवादीविरुद्ध मिडिया क्याम्पेनिङ चलाउन बैठकसमेत गरेको सो बैठकलाई देख्ने कान्तिपुरका एक कर्मचारीले बताए ।

माओवादी नेतृत्वको सरकारले कैलाशका धन्दामा अंकुश लगाउन थालेपछि उनले आफ्ना मिडियालाई सरकार र माओवादी विरोधी मुखपत्रका रूपमा विकास गरेका छन् । पछिल्लो केही महिनायता कान्तिपुरमा प्रकाशित समाचार, सम्पादीयक र विचारहरू त्यसैमा केन्द्रित रहेको आम पाठकले पनि सहजै बुझ्न सक्छन् । जस्तो कि १ मंसिरमा माओवादी अध्यक्ष प्रचण्डलाई दुव्र्यवहार गर्ने बागलुङका पदम कँुवरलाई कान्तिपुरले हिरो नै बनाएको थियो । दिन–दिनै पदमका गाथा लेखेर माओवादी नेतृत्वलाई खुइल्याउन कान्तिपुरले पूर्ण शक्ति नै लगाएको थियो । त्यसो त जनआन्दोलनका दनमकारी प्रहरी अधिकारीका महिमा गरेर कान्तिपुरले जनआन्दोलनकै अपमान गरेको धेरै भएको छैन । जनआन्दोलनका दोषी प्रहरी निरीक्षक विनोद भण्डारीलाई दैलेख घटनामा कान्तिपुरले महान् प्रहरी अधिकारी भनेर लेखेको पनि धेरै भएको छैन ।

कैलाशले आफ्नो टार्गेटमा जो आउँछ उसलाई सिध्याउनुपर्छ भन्ने मान्यता राख्छन् । ‘जसले मलाई माइनस गर्न खोज्छ उसलाई समाप्त गर्छु’ कैलाशले निकटस्थहरूसँग भन्ने गरेको उद्धृत गर्दै स्रोतले भन्यो । हिजो बागबजारमा कुहिएका काठमा रङ लगाएर बेच्ने कैशालले देशको परिवर्तनका लागि लडेका माओवादी नेताहरू प्रचण्ड र बाबुरामलाई सिध्याइदिन्छु भन्दै हिँड्ने गरेको देख्दा कान्तिपुरकै पत्रकारहरूसमेत अचम्ममा पर्ने गरेका छन् । कैलाशले ‘प्रचण्ड बाबुराम केही होइनन्, सखाप पार्नुपर्छ’ भनेर बोलेको कुरा त सार्वजनिक भइससकेको छ । उनले गृह जिल्ला जनकपुर पुगेर ‘अब प्रचण्ड सकिए । मुलुकको शक्तिशाली त अब मै हुँ’ भनी आफ्ना निकटस्थहरूसँग फुर्ति लगाएको जनकपुरमा चर्चा नै छ । उनलाई यो दम कहाँबाट आयो ? जनकपुर घर भएका एक मारवाडीले जनआह्वानलाई बताए । त्यसो त उनले एभरेस्ट होटलको आठौं तलामा रहेको ‘बुगल एन्ड टाइगर बार’ मा बसेर मदिराको लतमा ‘मलाई ग्राउन्ड (एयरपोर्टको ठेक्का) दिएनन्, अब आकाशको लाइसेन्स पाए त्यहीँबाट प्रचण्ड–बाबुरामलाई जमिनमा पुर्‍याइदिन्छु’ भनेका थिए ।

यसैबीच, माओवादीको खेदो खन्दै आफंैलाई दलभन्दा ठूलो ठानेपछि कान्तिपुरको बजारमा पनि गिरावट आएको छ । मालिक कैलाशका धन्दाहरू सार्वजनिक भएपछि उनको पत्रिकाको बिक्री र विज्ञपान घटेको छ । स्रोतका अनुसार विगतका वर्षमा कान्तिपुरले यो सिजनमा २८ देखि ३२ पेजसम्म निकाल्थ्यो । तर, अहिले १६ देखि २० पेजमा सीमित भएको छ ।

Read Full Discussion Thread for this article