Posted by: jhaukiri January 30, 2013
स्मृति !
Login in to Rate this Post:     5       ?         Liked by
 स्मृति !
 
केही भन,
......सुन्छु |
कतिन्जेल बस्छौ
 यसरी 
- नबोलिकन 
- नहेरिकन 
- नटेरीकन
 
कति बोल्थौ |
कति हाँस्थौ |
 
केही सोध,
.....भन्छु |
कति कुरा छन् 
कस्ता कुरा छन् 
कति  गाह्रो छ,
के भन्ने,
कसरी भन्ने 
कुन शब्दले यो 
मौनता तोड्ने !
 
उठ र हेर,
पछाडि छाडेका पलहरु
कस्तो सुत्रिय कुरा गर्छौ तिमी
कुन सुत्रले बाँधिएका थियौ र..? 
शुन्यताले  खण्डन गर्दैछौ !
 
बरु सुत !
 निस्फिक्री ...
सायद...... तिमीसंगको यात्रा
फेरी एकचोटी जिउन चाहन्छ  
अर्धचेत  मन ....
सपना त हो ...एकछिन बाँचु
जिन्दगीका छिद्राहरु टाल्दै ..
जसले डुबाए ...
उभर्दो सुर्य !!.
 
दिन बिते र बिते
मौसम जस्तै..... बर्तमानहरु 
मरेर भूत भए ....
कुहिएर गनाउला 
भने सोचेकी थियौ होली
तर ताजा छ ....
तिम्रो स्मृति !! 
Read Full Discussion Thread for this article