Posted by: IT_Guy January 29, 2013
गाई गोरु काट्न पाउने कि नपाउने ?
Login in to Rate this Post:     0       ?        
जसको हामी दुध खान्छौं त्यो आमा समान हुन्छ भन्ने धारणाबाट नै गाईलाई आमा समान मानेर पुज्ने चलन शुरु भएको हो | पोथी चौपाया हरुपनि आमाकै रुप भएकोले बाख्री, भैसी आदि काट्न मुलुकी ऐनले निषेध गरेको हो | भावनात्मक रुपले यो कुरालाई गलत भन्न मिल्दैन | धार्मिक हिसाबले पनि हिन्दु धर्म मा स्त्रीहत्यालाई पाप मानेको छ |

अब रह्यो कुरा गोरुको | हामी बोका, राँगा सबै खान्छौ | नेपालमा गाईको भन्दा बढी भैसीको दुध नै उत्पादन र खपत हुन्छ | साथै हामी राँगोको मासु सबै भन्दा बढी खपत गर्छौ | गाईले दुध दिने हुदा आमा को रुप भयो रे | त्यो भन्दैमा गोरु पनि बाउको रुप त होइन होला ? हिन्दु धर्ममा पनि गाईको मात्र कुरा छ गोरुको छैन | तेसैले गाई लगायत पोथी चौपाया लाई मार्न निषेध गरि गोरुको कुरामा लिबरल हुने हो भने जनजाति हरु को भावनाको पनि सम्मान हुन्छ कि ?
Read Full Discussion Thread for this article