Posted by: nepalilaure January 29, 2013
गाई गोरु काट्न पाउने कि नपाउने ?
Login in to Rate this Post:     0       ?        
कसैलाई मन परे पनि नपरे पनि नेपाल धर्म निरपेक्ष्य भैसकेको अबस्थामा एस्ता प्रश्नहरु आइरहन्चन | एस्लाई 'सडक को बिचमा हग्न पाउने कि नपाउने ' संग दाज्न मिल्दैन | धर्म निरपेक्ष्य भने पनि संबिधानको अनुशुचिमा अझै पनि गाइलाइ 'राष्ट्रिय जनावर' को रुपमा लेखिएको छ जस्तो लाग्छ , येदि तेस्तो हो भने राष्ट्रिय जनावरको बध गर्न नपाइने भनेर मज्जाले कानुन बनाउन मिल्छ | अनि तेस्तो अबस्थामा गाई काट्नेलाई मज्जाले थुने हुन्छ |

कानुनकै कुरा गर्ने हो भने त स्त्री जाति चौपाया मार्न नपाइने भनेर 'स्थानीय प्रसाशन ऐन' मा लेखिदा पनि भैसी (रागो होइन है ) को म म हामी सबैले खाएकै हो क्यारे | हुनत सबै धर्म समुदाय मिलेर बस्ने, एउटाले अर्काको चित्त नादुखौने हो भनेता 'एस्तो पाइने , एस्तो नपाइने ' भन्ने बहस नै गर्न पर्थेन , तर अहिले तेस्तो अवस्था छैन, अझ भन्दा पुरै नाबिग्रे पनि सामाजिक/धार्मिक सद्भाव बिग्रिने अवस्थामा गैराखेको छ | तेसकारण ले एस्ता कुरा नियम कानुन मा नै लिपि बढ्द गर्न पर्छ |

९० प्रतिसत नै हिन्दु भए पनि , अल्पसंख्यकको पनि बराबर अधिकार हुनै पर्छ | हिन्दु अधिराज्य हुदा अर्कै कुरो थियो , राज्यको धर्म 'हिन्दु' थियो भन्दा पनि हुन्छ | मान्छेहरु भंचन अर्को धर्मको मान्छेलाई चित्त नादुखौने गरि आफ्नो क्रियाकलाप गर्नु पर्छ , तेती सजिलो कुरा | तर सबै मान्छे हरु सजिला हुन्नन् , तेस्मथी एउतै गाउ , एउतै टोल मा विभिन्न धर्म मान्ने बस्ने भए पछि झन् गारो हुन्छ | म आफु हिन्दु तेस्मथी घरमा बा आमाले गाई पाल्नु भए पनि (यहाँ सम्मकि गाई लाइ 'तिमि' भन्ने) टोलमा कसैले गाईको मासु बेच्ने पसल खोल्यो भने पनि सारो चित्त दुखौदिना जस्तो लाग्छ |  प्रस्ट संग लेख्नु पर्यो 'यहाँ गाई को मासु बेचिन्छ ' भनेर , अहिले पनि खसीको र रागको मासु छुट्टा छुट्टै पसलमा बेच्ने गर्छन | कसैले एउतै पसलमा गाइ , गोरु, राँगा, भैसी , खसी , कुखुरा बेच्यो भने पनि , त्यहाँ किन्ने कि नकिन्ने भन्ने कुरो ग्राहकको इच्छाको कुरो भयो, | लेख्न चै प्रस्ट लेख्नु पर्यो |
Read Full Discussion Thread for this article