Posted by: SAP Dude January 25, 2013
Finally a Bahun Don !!
Login in to Rate this Post:     0       ?        
I was kind of worried about not having the Don world represented by my cast. Thanks god there is a Bahun Don too now. I was kind of feeling left out only hearing news on Janajati Dons.

http://www.onlinekhabar.com/2013/01/35793/

१२ माघ, काठमाडौं । ‘बाहुन डन’ उपनामले चर्चामा रहेका रमेश पौडेल नेकपा एमालेमा प्रवेश गरेका छन् । विभिन्न फौजदारी अभियोगमा खोजीको सूचिमा रहेका ‘बाहुन डन’लाई एमाले नेता केपी ओलीको उपस्थितिमा शुक्रबार रामेछापको सदरमुकाम मन्थलीबाट एमालेमा प्रवेश गराइएको हो ।

सदरमुकाम मन्थलीमा आयोजित एमालेको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा पार्टी सचिव शान्तिप्रसाद पौडेलले ‘बाहुन डन’ एमालेका प्रवेश गरेको घोषणा गर्नुभयो । स्रोतअनुसार अधिवेशनमा ‘बाहुन’लाई प्रत्यक्ष उपस्थित गराइने प्रचार गरिए पनि प्रहरीले पक्राउ गर्ने संकेत पाएपछि नाममात्रै घोषणा गरिएको हो । ‘बाहुन’ रामेछापको सैपु गाविस निवासी हुन् । तर, उनको बसोबास काठमाडौंमै रहेको बताइन्छ ।

सेनाको रेन्जर तालिम लिएर भागेका उनी चन्दा आतंक अपहरणका नाइके भएको भन्दै प्रहरीले खोजी गरिरहेको छ । उनले ५० करोडभन्दा बढी रकम असुलेको प्रहरीको दावी छ ।

रामेछापमा बाहुन डानसँगै अन्य व्यक्ति एमालेमा प्रवेश गरेका छन् । सदरमुकाम मन्थलीबाट ५० व्यक्ति कांग्रेस र एमाओवादी छाडेर एमालेमा प्रवेश गरेका छन् भने अन्य गाविसबाट करिब ७० व्यक्ति एमालेमा प्रवेश गरेको सचिव पौडेलले घोषणा गर्नुभएको छ । काठमाडौंबाट करिब ५० को संख्यामा ‘बाहुन’का सयोगी युवाहरु मोटरसाइकल चढेर मन्थली पुगेका छन् । एमाले अधिवेशनमा अतिथिका रुपमा बरिष्ठ नेता ओलीका साथमा प्रदीप ज्ञवालीसमेत सहभागी हुनुहुन्छ ।

शुक्रबार उद्घाटन गरिएको अधिवेशनको बन्द शत्र शनिवार हुने जनाइएको छ भने नेता ओली र ज्ञवाली मन्थलीको कार्यक्रम सकेर दोलखा जानु भएको छ ।




Read Full Discussion Thread for this article