Posted by: _____ January 24, 2013
हिसिलाकी सेक्रेटरीले ६ अङ्कमा चन्दा मागिन् : स्थापित
Login in to Rate this Post:     0       ?        
 

हिसिलालाई रिजाउन नसक्दा हटाइयो : स्थापित

 
(5 Votes)
 
 
 
Bookmark and Share Bookmark
 
 
keshav sthapit
 

काठमाडौ, माघ ११ -

हटाउनुको ६ कारण-

- योजना माग गरेपनि हिसिलालाई घुस नदिनु

- हिसिलाको पिए जानुकालाई फिनल्याण्ड नपठाउनु

- देउसीमा ७ अंकको दक्षिणा नदिदा

- काभ्रे प्रहरी प्रमुख एसपी गिता उप्रेतीको सम्बन्ध बिच्छेद भइसकेको श्रीमानलाई दिनु पर्ने रकम नदिदा

- पशुपति क्षेत्रको तिलगंगा ताम्रमार्ग बाटो बन्द गर्ने अडान

- स्वयम्भु क्षेत्रमा सडक बिस्तार गर्न नहुने अडान

 

.........................................................................

काठमाडौं-काठमाडौं विकास प्राधिकरणबाट हटाइएका केशव स्थापितले प्रधानमन्त्री बाबुराम भट्टराई पत्नी हिसिला यामीको चित्त बुझाउन नसक्दा आफूलाई हटाएको आरोप लगाएका छन् ।  

गत बैशाखमा प्राधिकरणको आयुक्तमा नियुक्ति दिएको स्थापितलाई माघ ४ गतेको मन्त्रिपरिषद्को बैठकले हटाउने निर्णय गरेको थियो ।  हिसिला आफैले पैसाको बार्गेनिङ नगरेपनि उनको पिए जानुका परिचालन गरेको उनले दाबी गरे । उपत्यकामा विकास गर्न ५० भन्दा बढी योजना पुरा गर्न एक अरब रुपैया माग गरेको उनले बताए । हिसिलालाई पैसा नदिएकै कारण आफनो योजनामा बजेट नपाएको हुन सक्ने उनले अनुमान गरे । जानुकाले सिधै पैसा नमागेपनि घुमाउरो तरिकाले मागेको उनले बताए ।  

'जानुकाले जताततै बल्छी हाल्ने अनि गड्यौंला चाहि नहाल्ने ? भनेर मलाई भन्यो, 'बिहीबार बिहान त्रिपुरेश्वर स्थित वल्र्ड ट्रेड सेन्टरमा भेटिएका स्थापितले कान्तिपुरसित भने, 'कति लाख पर्ने गड्यौंला हाल्ने ? रसियन, अमेरिकन, चाइनिज भारतीय कुन हाल्ने भनेर मैले उनलाई सोधेँ ।' त्यसको जवाफमा जानुकाले पहिला गड्यौंला हालेर हेर्नुस् खान्छ कि खाँदैन  भन्ने गरेको उनले सुनाए । स्थापितले उपत्यकाको विकास गर्न नयाँ योजना बनाएपनि पास नहुने गरेको सुनाए । गड्यौंलालाई आहरा नहाल्दा आफूलाई हटाएको एउटा कारण हुन सक्ने बताए ।

जानुका एण्ड कम्पनी लेनदेनको कुरा पुरा नगरेको कारणले आफूलाई अयोग्य बनाएको स्थापितले बताए । 'जानुकाले फोन गरेर दाइले मलाई चिन्नु भएकै छैन । दिदीको छोरी मानुषी भन्दा पनि नजिक छु भन्थिन्, 'उनले भने, 'अरुकसैले पैसा मागेन मसँग बार्गेनिङ गर्ने जानुका थिइन । अरुको इच्छा पुरा नगर्ने बित्तिकै काम गर्न नसकेको भनेर निकाल्न पाइन्छ ?'

आफूलाई हटाउनुको दोस्रो कारण फिनल्याण्डमा फोहोर व्यवस्थापनको अध्ययन गर्ने जानुकालाई नलगेपछि देखि हिसिलाले आफनो बिरोध गरेको स्थापितको आरोप छ । 'अध्ययन भम्रण रद्द भएपछि उनलाई लैजान सकिन, मेरो छोरा बिरामी भएकोले म चाहि आफ्नै खर्चमा गए,'उनले भने, 'फिनल्याण्ड लैजान नसकेपछि मेरो बिरुद्धको टिकाटिप्पणी सुरु भएको हो ।' फिनल्याण्डको कार्यक्रम रद्द भएपछि सुकुम्बासी अध्ययन टोलीसँग बैकक पठाएको उनले बताए । हिसिलाले बारम्बार दबाब दिएको जानकारी प्रधानमन्त्री बाबुराम भट्टराईलाई गराएपछि सिधै आफूलाई सम्पर्क गर्न आग्रह गर्दै गरेको भनेकेा कुरा यसरी सुनाए,' हिसिलासँग कुरा नगर्नु सिधै मसँग गर्नु र उनी सम्बन्धित मान्छे होइन ।'

भट्टराईको निर्देशन अनुसार काम गर्दै आए पनि तिहारको बेला जानुकाले देउसी खेल्ने निहुँमा २० लाख रुपैयाँ माग गरेको स्थापितले रहस्य खोले । उनीहरुले माग गरेको जति रकम दिन नसक्ने भएपछि सम्बन्ध चिसिँदै गएको सुनाउँदै भन्छन्,' देउसीको बेला जानुकाले फोन गरेर २ सय जना आउछौँ मासुभात खुवाउनु पर्छ भनिन् मैले हुन्छ भने । ६ डिजिटको दक्षिणा हाल्नु पर्छ भन्यो । त्यतिनै बेला पछाडिबाट हिसिला दिदी पनि आउने भएकोले सात डिजिट बराबर दक्षिणा दिनुपर्छ भनिन् । मैले त्यो भनेको कति पैसा भनेर सोधे । उनले १५ देखि २० लाख भनिन् । यति धेरै दिन सकिँदैन । नेवारको घरमा देउसी हुँदैन । श्रीमती क्रियशन र म बुद्धिस्ट भने दिनभरी मोबाइल स्वीच अफ गरेर बसे ।' उनीहरुले १०, २० लाख रुपैयाँ पनि दिन नसक्ने भन्दै आफ्नो बिरुद्ध लाग्न थालेको उनको दाबी छ ।

चौथो कारण स्थापितको साथीले जन्मजय ढकाललाई दिनु पर्ने रकम काभ्रे प्रहरी प्रमुख एसपी गिता उप्रेतीलाई नदिएको उनले दाबी गरे । उप्रेती ढकालकी श्रीमती थिइन् । उनीहरुको सम्बन्ध बिच्छेद भइसकेकोले ढकाललाई दिनु पर्ने रकम उप्रेतीलाई दिन नमानेपछि आफूलाई हटाउने प्रपन्च रहेको स्थापितको आरोप छ । हिसिलाले प्रधानमन्त्री क्वाटरमा मलाई बोलाएर उप्रेतीलाई पैसा दिन दबाब दिएको उनले बताए । 'सबैको अगाडि मेरो बेइज्जत हुने गरी यति पनि काम नगर्नेलाई किन ल्याएको होला भन्दै मुख छाड्यो,' उनले भने । गितालाई पैसा दिन्न भनेको केही दिनपछि जानुकाले फोन गरेर यस्तो प्रस्ताव गरेको सुनाउँदै स्थापितले भने,'तपाईलाई चट पार्न लागेको छ । गिताको पैसा माग १० गते भित्र २० लाख दिए २/३ महिना थाम्दिन्छु भन्थिन् ।'

पाचौँ कारण तिलगंगाबाट ताम्रमार्ग बाटो बन्द गर्नु पर्ने अडान 'विश्वसम्पदा सुचीमा परेको पशुपति क्षेत्रको तिलगंगा हुदै ताम्रमार्गको सडक बन्द गर्नु पर्ने एक टेलिभिजनमा कार्यक्रम चलाएको थिए ।  त्यो बाटो हसिलाले संसदकोषको पैसा खर्चेर बनाएको रहेछ । बन्द गर्नु पर्ने कार्यक्रम सञ्चालन गरेपछि हिसिलाले म चाहि बाटो खोल्ने तैले चाहि बन्द गर्ने ? म संग च्यालेन्ज गर्न खोजेको भन्दै टसल गरिन् ।'

छैटौं कारण स्वयम्भू वरीपरीको क्षेत्रमा अन्यत्र जस्तो सडक विस्तार तिब्र पार्न नुहुने अडान । 'स्वयम्भू वरीपरी ट्रक छिर्नेगरी बिस्तार गर्नुपर्छ भन्ने अरुको अडान थियो । विस्तार गरेर सम्पदा क्षेत्र भासिन सक्छ । स्वयम्भू वरीपरी ठूला सवारी चलाउन रोक लगाउनु पर्छ भनेको थिए । बिस्तार गरेको भन्दै शिर उठाउने साथीहरुले स्थापितले अबरोध पुर्‍यायो भनेर पोल लगाएछन,'उनले भने ।

प्रधानमन्त्री भट्टराइलाई सुरुमा केही सर्त राखेर विकास प्राधिकरणको आयुक्त भएको उनले बताए । माओबादी कार्यकर्ता नबन्ने, आवश्यक बजेट दिने, विकास प्राधिकरणको संगठन बिस्तार गर्ने, प्रधानमन्त्रीसँग सिधा सम्पर्क गर्ने, नियमित गर्ने, सिफारिस नमान्ने सर्त राखेको स्थापितले बताए । 'सुरुमा मेरो सर्त हुन्छ भन्नुभएको थियो,' उनले भने, 'हिसिलाको दबाबकै कारण मलाई हटाएको हो ।' सुरुमा प्रधानमन्त्रीलाई फोन गर्दा आफैँ उठाउने गरेकोमा पछि फोनै उठाउन छाडेको उनले बताए । योजना पनि पास नगर्ने र बजेट पनि नदिएपछि काम गर्न नसकेको भन्दै आफूलाई हटाएको उनले गुनासो गरे ।

प्रधानमन्त्री भट्टराईले फोन गरेर आफूलाई राजिनामा दिन आग्रह गरेको कुरा सुनाउदै उनले भने, 'फोन गरेर केशव जी अब तपाईले ठाउ छाडदिनुस् ।  टेक्निकल काम गर्ने मान्छे चाहिने रहेछ । तपाईलाई ब्यूरोक्रेसीले पनि साथ दिएन । तपाईं र म लामो समय सम्म मिलेर काम गर्नु पर्छ । त्यतीनै बेला मैले तपाई आफनो काम गर्नुस् तर, मचाहि असफल भए भनेर हात उठादिन । अदालत जान्छु भनेको थिए ।'

स्थापित कसरी आयुक्त भए ?

प्रधानमन्त्री बाबुराम भट्टराईले सुरुमा एमाले छाडेर माओवादी प्रवेश गर्न आग्रह गरेका थिए । बुद्ध धर्म मान्ने भएकोले काटरमार गरेर आएको पार्टीमा प्रवेश गर्दिन भने । सुकुम्बासीलाई व्यवस्थित गर्न एक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले चासो देखाएपछि हिसिलालाई भेटाउन लगेको थिए । त्यसबेला उपत्यकामा सडक बिस्तारको काम तिब्र भइरहेकेा थियो । गलत तरिकाले काम भइरहेको हिसिलालाई सुनाए । यसरी भत्काए कसैलाई नोक्सानी नहुने भन्दै मैले बनाएको योजना सुनाए । हिसिलाले त्यो कागज मेरो हातबाट खोसेर भट्टराईलाई देखाउन लगिन् । बाबुराम पनि मेरो योजनाबाट प्रभावित हुनुभयो । त्यही दिन बेलुका ६ बजे भेट्ने समय तय भयो । भेट भएको दिन याद भएन । भट्टराईले मलाई राख्न नै काठमाडौं उपत्यका विकास प्राधिकरणको अवधारणा ल्याएको हो भन्नुभएको थियो । उहाँले मसँगको भेटमा पार्टी पनि फुट्यो । देश बनाउन सकेन भन्दै तुरुक्क आँशु झार्नु भयो । मैले प्राधिकरणको अवधारणा ल्याउन लागेको छु । यो तपाईंकै लागि जन्माएको हो भन्नुभयो । तपाईं र म मिलेर काठमाडौंको रुप फेरौं भन्नुभयो । मैले हुन्छ भने । विकास प्राधिकरणको नियमावलीमा आयुक्तको योग्यता स्नातक उत्तीर्ण गरेको हुनुपर्ने रहेछ । तर, मेरो त्यो योग्यता नपुग्ने भएपछि भट्टराईले मन्त्रिपरिषद्को बैठक राखेर पुरानो नियमावली खारेज गरेर अर्को ल्याउनुभयो । त्यही दिन राजपत्रमा प्रकाशित समेत भयो । शैक्षिक योग्यता नपुगे पनि लब्धप्रतिष्ठित व्यक्तिको आधारमा विना सर्त मैले आयुक्त पदमा नियुक्ति दिइएको हो ।

आयुक्त भएपछि लैनचौर लाजिम्पाट क्षेत्रमा स्थानीयले बिरोध गरेपछि काम हुन सकेको थिएन । नियुक्ति पाएको भोलिपल्टै स्थानीयको घर घरमा गएर छलफल सुरु गरे । सबैलाई बिस्थापित नगरी बिस्तार गर्ने बताएपछि उनीहरु आफैंले घर भत्काउन थाले । यो मेरो सफलता हो । कलंकी थानकोट सडक चौडा गर्न स्थानीयलाई मनाए । उपत्यकाको विभिन्न स्थानमा एकिकृत जग्गा विकास योजना बनाए । बिगतमा रोकिएको जग्गा विकासको काम सुरु भयो । सुकम्बासीलाई व्यवस्थित गर्न खोजे तर मैले मात्रै सकिन । त्यस्तै नयाँ योजना पनि बनाएको थिए ।

नागार्जुन जेमिङ क्षेत्र बनाएर केबलकार बिस्तार गर्ने, खोला छेउको सुकुम्बासीलाई अन्यत्र व्यवस्थित गर्ने, उपत्यकालाई लोडसेडिङ मुक्त बनाउने योजना ल्याएको थिए । मैले ल्याएको योजना पुरा गर्ने बजेट होइन अध्ययन गर्ने पैसा पनि सरकारले दिएन । तलब बाहेक अन्य कुनै खर्च दिएन । विकास प्राधिकरणको संगठन पनि बिस्तार भएन । कार्यालयमा राख्ने फर्निचर किन्ने पैसा नभएर घरबाटै ल्याएँ ।

मेरो कार्यालयमा रहेको टावेल र साबुन पनि मैले व्यक्तिगत किनेको हु । कार्यालय परीवरी सरसफाई गर्न २६ हजार रुपैयाँ खर्च गरे त्यो पनि पनि मैले व्यक्तिगत खर्च गरेँ । नयाँ योजनाको अध्ययन गर्न भए पनि योजना देउ, योजना पुरा गर्न जनसहभागिता र गैर सरकारी संस्थाबाट रकम संकलन गर्छु भनेको थिएँ  । सुकुम्बासी व्यवस्थापन राहतको लागि ३० लाख रुपैयाँ मागेको थिए । त्यो पनि दिइएन । विदेसी एक संस्थाले १० लाख डलर दिने इच्छा देखायो । त्यसको लागि सहरी विकास मन्त्रालयले स्वीकृत दिएन । सरकारले पनि दिएन, अरुले दिन्छु भनेको पैसा लिन पनि सहमति दिएन ।

Read Full Discussion Thread for this article