Posted by: collegefootballrocks January 23, 2013
हिंसामा उत्रियो काँग्रेस एमाले र अरु प्रतीगमंकारीहरु
Login in to Rate this Post:     0       ?        
Sarkaar nai aatankakaari chha, yesle arulai k ghosana garne? k saaro hasauchhan ho keta haru pani.

La yo padhum sathi ho ani bhanum kosle kaslai karbahi garnu parchha

http://ekantipur.com/nep/2069/10/10/full-story/361317.html

दैलेखका एक दर्जन पत्रकारलाई डेकेन्द्र बनाउने धम्की

  • तेस्रो आँखा दैनिक कार्यालय तोडफोड

 
(17 Votes)
 
 
 
 
black flag
 

दैलेख, माघ १० - सत्तारुढ एमाओवादी कार्यकर्ताले एक दर्जन पत्रकारलाई डेकेन्द्र बनाउने धम्की दिएका छन् ।

एमाओवादी कार्यकर्ताले ८ वर्षअघि स्थानीय पत्रकार डेकेन्द्रराज थापालाई तड्पाएर हत्या गरेका थिए । अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराईसमेत सहभागी एमाओवादी दैलेख अधिवेशनको समाचार संकलनका लागि गएका पत्रकारलाई 'डेकेन्द्रको हालत बनाउने' धम्की दिएपछि पत्रकार त्रसित भए ।

एमाओवादी कार्यकर्ताले जिल्लाका पत्रकारलाई आधा घण्टा घेरा हाले । घेराउमा परेका पत्रकारलाई छुटाउन प्रहरी आउनुपरेको थियो । सरकारी समाचार एजेन्सी 'रासस' र एमाओवादी निकट टेलिभिजन च्यानल एबीसीका पत्रकारलाई भने अधिवेशनमा समाचार संकलन गर्न छुट दिइयो ।

एमाओवादी कार्यकर्ताले दैलेखबाट प्रकाशित तेस्रो आँखा दैनिकको कार्यालय तोडफोड गरेका छन् । अधिवेशनअघिको जुलुसमा सहभागी कार्यकर्ताले पत्रिकाको कार्यालयमा ढुंगामुढा गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय नजिकै रहेको पत्रिका कार्यालयमा भने आक्रमणकारी पस्न पाएनन् । कार्यालय सिसा फुटेको छ ।

पत्रकार महासंघको आपत्ति

काठमाडौं- नेपाल पत्रकार महासंघले दैलेखमा सञ्चार माध्यममाथि आक्रमण र पत्रकारलाई दिएको धम्कीप्रति गम्भीर आपत्ति जनाएको छ ।

'हाम्रो तेस्रो आँखा' दैनिक पत्रिका कार्यालयमा एमाओवादी कार्यकर्ताले बुधबार तोडफोड गरेका थिए ।

महासंघका महासचिव ओम शर्माले विज्ञप्ति जारी गर्दै कुनै पनि बहानामा पत्रिका कार्यालयमा ढुंगामुढा गर्नु प्रेसविरोधी कार्य भएको उल्लेख गरेका छन् ।

'यस्ता घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर आघात पुग्ने महासंघको ठहर छ,' विज्ञप्तिमा छ, 'महासंघ प्रेसविरोधी यस्ता कार्यको कडा शब्दमा निन्दा गर्दै प्रेसको संवैधानिक अधिकार सम्मान गर्न र यस्ता घटना नदोहोर्‍याउन सम्बन्धित राजनीतिक दलको ध्यानाकर्षण गराउूदछ ।'

अध्यक्ष शिव गाउूलेले दैलेखका पत्रकारको सुरक्षा अवस्थाप्रति महासंघको गम्भीर चासो रहेको प्रतिक्रिया दिए । एक दर्जन पत्रकारलाई डेकेन्द्रकै अवस्था बनाइदिने भनी धम्की दिइनुले सरकारले नेतृत्व गरेको दललाई डेकेन्द्र प्रकरणमा अलिकति पनि हीनताबोध नभएको प्रस्ट भएको उनले बताए । 'यसबाट विधिको शासन र प्रेस स्वतन्त्रता नाम मात्रको छ भन्ने छर्लंग छ । नेपाली पत्रकारिता क्षेत्र यसको सशक्त विरोध गर्छ,' गाउूलेले कान्तिपुरसूग भने ।

महासंघले प्रेसलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसूग र स्थानीय माओवादी नेतृत्वलाई प्रेसप्रति सम्मान गर्न आग्रह समेत गरेको छ ।
 

Read Full Discussion Thread for this article