Just for fun.
उमेरले पुगे भर्खरै तीस
मनले भन्छ अझै पचिस|
विहे गर्ने छ ठुलो धोको
म हुं US को केटो ।
भन्नु होला ए भाइ
बोका भन्न बोका आफुलाई
तीस वर्ष सम्म खै के नापिस
एउटा केटी नि भेट्न नसकी
अहिलेसम्म के गरि बाचिस?
खै दाई जे भन्नु छ भन
आफै पट्ट्याउन सकिएन |
अब चै उमेर गयो है भनि डर लाग्यो
अनि बिहे गर्ने रहर पलायो |
हत्त न पत्त बाउलाई गुहारे नेपालमा
हत्त न पत्त बाउलाई गुहारे नेपालमा
बाउले भने आत्तिन पर्दैन छोरो
केटि खोज्ने जिम्मा भो मेरो
बिहे गराउछु यहि बैसाखमा तेरो |
फेरी भन्नु होला
नाम भन न नाम
किन भंछस US को केटो ?
के सारो धक्कु US को
यस्तो attitude ले केटि पाइनस भने
कसैको हैन बाबु , गल्ति हुन्छ तेरो |
नरिसाउनु न दाइ कुरै नबुझी
नरिसाउनु न दाइ कुरै नबुझी
के केटि खोज्नुभा छ नेपाल तिर पसी?
नाम जे सुकै होस् तपाइको
नेप्टे ,चेप्टे, च्यान्टे, भ्याण्टे
भंछन् सबैले तपाईलाई US को केटो ।
चाहे तपाई अलास्काको हिउमा
या टेक्सास को घाममा
बस्नु होला सायद कैलिफोर्नियाको बिचमा
चाहे तपाई gas station को कर्मचारी
या fortune 500 मा छ नोकरी
लास्टा कुरा त तेही हो
तपाइँ पनि US को केटो।
एउटा मित्रले भने
यार म त Silicon Valley को
Software Engineer