Posted by: ashishme January 17, 2013
नेपाल बार एशोसिएसनमा माओबादीको जित
Login in to Rate this Post:     0       ?        

४ माघ, काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनको अध्यक्षमा प्रगतिशील समूहका हरिकृष्ण कार्की विजयी हुनु भएको छ ।

शनिबार भएको मतदानको बिहीबार सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी प्रजातान्त्रिक समूहका शेरबहादुर केसीलाई पछि पार्दै कार्की बारको अध्यक्षमा निर्वाचित हुनु भएको हो । यस्तै ५ उपाध्यक्षमा जनक पाण्डे (पूर्वाचल), टिकाराम भट्टराई (मध्यमाञ्चल), अनिता गुरुङ (पश्चिमाञ्चल), पदमप्रसाद बौद्धिक (मध्यपश्चिम) र राजेन्द्र साउथ (सुदूरपश्चिमाञ्ल)मा विजयी हुनु भएको छ ।

यस्तै महासचिवमा सुनिलकुमार पोखरेल र कोषध्यक्षमा मोहन इङनाम विजयी हुनु भएको छ । उपाध्यक्ष जनक, महासचिव पोखरेल र कोषध्यक्ष इङनाम प्रजातान्त्रिक समूहको हुनुहुन्छ ।

wu hoo

Read Full Discussion Thread for this article