Posted by: jhaukiri January 14, 2013
प्रतिक्रियाबादी शक्ति !!
Login in to Rate this Post:     3       ?         Liked by
 प्रतिक्रियाबादी शक्ति !!
 
 प्रतिक्रिया सुनौ ....
टाउको दुख्यो ..
खै किन हो ?
चिसो न तातो,
तात्तो न छारो 
दुखिरहन्छ  !!
 
 रनक्क बल्छ सास ..
नाकबाट निक्लदा
पोल्ने बाफ बनी
भित्र.... लाभै जम्या जसरी, 
खै कसरी (?)
लुग-लुग काँप्छन 
हातका औंला 
नंगको रंग परिबर्तनको शिकार हुन्छ
खोकीको लहर ........
रहर किचेर अघि  बड्छ 
अराजक भयो समय !!
 
मुटुको चाल
फुक्को दाल ...
दुवै सेलाउदै जाँदा 
टनक्क तनकिन्छ
कन्चेट
गुल्गुलाउछ पेट ...
म भित्र के छ ?
कालो छ, गोरो छ 
कि साला रुघा खोकीको ज्वोरो छ ??  
Read Full Discussion Thread for this article