Posted by: bittertruth January 11, 2013
पृथ्वीनारायणलाई ‘युद्धअपराधी’ घोषणा गरियोस्: आङकाजी
Login in to Rate this Post:     1       ?         Liked by
Uddhab Kumar Budhathoki · Kathmandu, Nepalपृथ्वी नारायण शाह लाई नमान्ने हो भने, सबै भन्दा पहिला आफूलाई नेपाली नभने हुन्छ । उनिहरुले यो जवाफ दिनु पार्छ कि, यो एकिकरन नभएको भए के देश् अहिलेको अवस्थामा रहने थियो? केही आङ काजीहरू हिजो पनि जन्मेका थिए जस्ले बल्भद्र कुवर को नाला पानी को किल्लामा जाने पानीको मुहानको बारेमा अंग्रेजलाई सुराकी दियेर देशको बिरुद्ध अपराध गरेका थिये, उनले नाई काठमाडौं बाट क्रिस्तिअन हरूलाई भगायेका थिए तेही रिसमा नेपालको ईतिहास ती अंग्रेजहरूले बिगारी लेखेका हुन्। नत्र कीर्तिपुरमा लडाईं हुँदा नेवारहरूको नाक काटेर १७ धार्नी पुरायेको भन्ने जुन आरोप छ यदि त्यस्तो भएको भए १७ धार्नी नाक हुनको लागि कम्तिमा पनि ७० हजार मान्छेको नाक काटिनु पर्थ्यो जुन कीर्तिपुरको तत्कालिन जनसंख्या भन्दा १०० गुणा बढी हुन आउछ । के यो सम्भव थीयो? पृथ्वी नारायणले नेपाललाई गोर्खामा हालेको हो की गोर्खालाई नेपालमा हालेको हो एस्को जवाफ कस्ले दिन सक्छ? उनले नेवारी संस्क्रिती र परम्परालाई जस्ताको तस्तै राखेका थिए हो भाषाको सवाल्मा भने नेपाली भाषालाई थोपरेका हुन्। इन्द्रजात्रा, कुमारी पुजा, गाइजात्रा , बिस्केटजात्रा , मत्सेन्द्रजात्रा जस्ता परम्परालाई उनले जस्ताको तस्तै स्वीकारेका कुरा किन कसैले सम्झना सक्दैनन्? नेवारहरूलाई उचाले पछि देश कम्जोर पार्न सकिन्छ र देशको नाम् निशाना मेटाउन सकिन्छ भनेर केही गद्दारहरू अझै पस्चिमा देश्हरूको डलरको झुशिलो डकार डकारेर तर्साउन खोज्दैछन्। तेसैले हामि सबैजना एकजुट हुनु पर्छ र डलर खाने गद्दार हरूलाई नाश गर्नु पर्दछ। पृथ्वी नारायण शाहका सेनामा सबैभन्दा बढी जनजातिहरुनै थिए, मगरहरू र गुरुङहरू त उन्का रैथाने बिस्वास्पात्र थिये। येस्ता कुराहरु लुकाएर लेखिएको ईतिहास हामिले सखाप पार्नु पर्दछ। मावोबादीहरूको आन्दोलनले १२ हजार जनताको ज्यान जादापनी कसैले चु बोल्न सकेनन र जनयुद्धमा येस्तो सामान्य कुरा हो भनेर भन्छन् भने झन् एकिकरनको लडाईंमा केही सिपाहीहरू आफ्नो राज्यको सुरक्षा लागि सहीद हुनुलाई सामान्य मानिनु पर्दछ। आङकाजी जस्ता गद्दार हरू हिजो पनि थिए आज पनि छन् र भोलि पनि हुन सक्नेछन् । बस्स हामी साबधान भएर बस्नु पर्दछ।.



------
YO POST LAI YESO MAATHI MATRA TIPERA RAAKHDA KASO HOLA..
Read Full Discussion Thread for this article