Posted by: Geology Tiger January 11, 2013
पृथ्वीनारायणलाई ‘युद्धअपराधी’ घोषणा गरियोस्: आङकाजी
Login in to Rate this Post:     3       ?         Liked by
यो आङ पाजी शेर्पाले पृथ्वीनारायण शाहलाई युद्द अपराधी भन्नु पर्छ भनेर माग गर्नु भन्दा पहिले त्यसको गुरुबा प्रचन्डे र बाबुरामलाई युद्द अपराधी भन्नुपर्छ कि पर्दैन भनेर बिचार गरे त यसलाई पाजी भनिरहनु पर्दैन थियो होला ।

२१ औ शताब्दीमा सारा जगको अगाडि जिउदै मान्छे पुर्ने अपराधी कि १८ औ शताब्दी जुन समयमा हाम्रो सामाजिक संरचनानै युद्दमा आधारित थियो, त्यो समयको एउटा सफल युद्द बिजेता जसले लडेको युद्दको जगमा आधुनिक नेपालको जग बस्यो, तिनलाई अपराधी भन्ने ? त्यो समयनै युद्दको थियो, पृथ्वीनारायण शाहको मात्र के कुरा मल्ल राजाहरु पनि एक आपासमा सधैं काटाकाट गरिरहेकै हुन्थे । अरु राज्यहरुको पनि अवस्था त्यस्तै नै थियो । के उनले नजितेको भए त्यो बेलाको बाइसे चौबिसे राज्यहरु सदासर्वदा अस्तित्वमा रहिरहन्थे ? केही नेवार साथीहरुलाई यस्तो लाग्नु स्वभाविक हो कि पृथ्वी नारायण शाहले हाम्रो राज्य खायो तर बुझ्नु पर्ने कुरा के हो भने पृथ्वीनारायणले खाएको भए कुनै खैरेनारायणले खाइ दिन्थ्यो ति राज्यहरुलाई ...  मल्लहरुले पनि लिच्छवीहरुलाई र लिच्छवीहरुले किराँतहरुलाई हराएर पाएको हो राज्य ...

एक थरी उपबुज्रुकहरुले यस्तो पनि लेखेछन् कि कप्तान किन्लोकको फौजसँग गोर्खाली सेनाले लडेको लडाईं सब नाटक हो । हे भगवान् ! त्यो बेलामा चलचित्र नबन्ने हुनाले दर्शकको मनोरन्जनको लागि त्यस्तो नाटक गर्नु परेको हो र भन्या ? यदी गोर्खाली र ब्रिटिश मिलेका हुन्थे भने त सिधै ब्रिटिशलाई साथ लिएर उपत्यकामा धावा बोल्थे होला नि । किन त्यस्तो नाटक मन्चन गरिरहनु पर्थ्यो होला । ईतिहासलाई सोझ्याउने नाउमा आफूलाई जे जे दिमागमा फुर्यो सब ईतिहास भनिदिने ?

पृथ्वीनारायण शाहलाई लुटेरा भनेर बुझ्नेहरुलाई मेरो प्रश्न के भने किन उनले काठमाडौंमा भएको धनसम्पत्ति लुटेर गोर्खा लगेनन् ? किन आफूले जितेको जम्मै भूभागलाई गोर्खा भनेर नाम दिएनन् ? किन नेपालको राजधानी काठमाडौमै कायम गरे ? किन ईन्द्र जात्रालाई निरन्तरता दिए ?

निश्चय नै उनले अरुको लागि नेपाल राज्य खडा गरिदिन्छु भनेर त्यो युद्द लडेका थिएनन् । एउटा ठुलो र शक्तिशाली राज्यको महाराज बन्ने महत्वकांक्षा पक्का पनि उनमा थियो । ईतिहासमा यस्ता घटना बिरलै होलान् जहाँ एउटा सम्राटले आफ्नो महत्वकांक्षा बिना युद्द लडेको होस्, चाहे अलेक्जेन्डर हुन् चाहे जेगिज खान लड्न त सबै आफ्नै महत्वकांक्षाले गर्दा लडेका हुन् । तर पृथ्वीनारायण शाह आफ्नो राज्य बिस्तारमा मात्र केन्द्रित थिएनन् र देश र जनताको हितमा पनि सोच्थे भन्ने कुरा उनको दिव्यपोदेश मात्र पढ्यो भने पनि छर्लङ हुन्छ ...

यदी पृथ्वीनारायण शाहले किर्तिपुरका जनताको नाक कान काटेकै रहेछन् भने पनि नेपाल राज्य निर्माणको जस उनीबाट कसैले खोस्न सक्दैन । फेरी यो पिध नभएको लोटालाई अहिले एकाएक पृथ्वी नारायण शाहलाई युद्द अपराधी भन्नुपर्छ भन्ने दिव्य ज्ञान कसरी प्राप्त भयो ? अस्तिसम्म त यो स्वाँठले पनि पृथ्वी नारायण शाहको जय गान गाउदै हिंडेकै हो ... मेरो लागि यस्ता बिदेशी पैसा हसुरेको बलमा उफ्रने पाजीहरु जति सुकै धेरै उफ्रुन यिनिहरु पाजीनै हुन्; यिनिहरुको उफ्राइ त्यो बिदेशी पैसाको बल हुन्जेल मात्र हो र पृथ्वीनारायण शाह नेपालको राष्ट्र निर्माता नै हुन्  
Read Full Discussion Thread for this article